स्वास्थ्य मन्त्री पौडेलले बालबालिकाको मधुमेह परीक्षण र उपचार निःशुल्क गर्ने तयारीको जानकारी दिए
आइतबार, साउन ५, २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क उपलब्ध गराउने योजना अघि बढाइरहेको बताएका छन्। उनले सातवटै प्रदेशमा यो सेवा विस्तार गर्ने तयारीमा रहेको बताए।
नयाँ कानुनको विरोधमा आन्दोलन: सुदूरपश्चिमका ८८ स्थानीय तहमा स्वास्थ्य सेवा ठप्प
आइतबार, साउन ५, २०८२
सुदूरपश्चिम प्रदेशमा स्थानीय सरकारको नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन्।
किशोरी डिम्ब काण्ड: पाँच दिनमा प्रतिवेदन पेश गर्ने गरी समिति गठन
आइतबार, साउन ५, २०८२
राजधानीमा सञ्चालित दुई इनभिट्रो फर्टिलाइजेसन (IVF) क्लिनिकहरूमा नाबालिग किशोरीहरूमार्फत डिम्ब संकलन गरिएको गम्भीर आरोप सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलको कार्यशैलीप्रति प्रश्न: विभिन्न मिडियामा देखिएका नकरात्मक खबरहरूले बढायो आलोचना
शनिबार, साउन ४, २०८२
वर्तमान स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लिएर पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा नकरात्मक समाचारहरूको निरन्तरता बढ्दो छ। देशव्यापी रूपमा फैलिएका यी खबरहरूले मन्त्रीको कार्यकुशलता र नेतृत्व क्षमता माथि ठूलो प्रश्न उठाएको छ। राजनीतिक, प्रशासनिक र जनस्वास्थ्य क्षेत्रमा देखिएका समस्या र ढिलाइका कारण मन्त्री निकम्मा नै भएको भन्ने धारणा व्यापक हुँदै गएको...
काठमाडौंमा डेंगू संक्रमणको जोखिम उच्च: रोकथाममा चासो कम, खतरा बढ्दो
शुक्रबार, साउन ३, २०८२
राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा डेंगू संक्रमणको जोखिम बढ्दो छ। विशेषगरी निरन्तरको वर्षा, फोहोरमैला व्यवस्थापनमा कमजोरी, र जनचेतनाको कमीका कारण काठमाडौं उपत्यकामा डेंगू संक्रमण तीव्र गतिमा फैलिन सक्ने विज्ञहरूको चेतावनी छ।
कुष्ठरोगी धनवीरको पीडा : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपेक्षा र राज्यको मौनता
बिहीबार, साउन २, २०८२
काउन्सिलको लेटरप्याड दुरुपयोग: लाइसेन्स पासको शंकास्पद पत्र सीआईबीको छानबिनमा
बिहीबार, साउन २, २०८२
नेपाल मेडिकल काउन्सिलको नाममा जारी गरिएको एक शंकास्पद पत्रको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन थालेको छ। डाली युनिभर्सिटी, चीनबाट एमबीबीएस अध्ययन सकेका विद्यार्थी सीडी भुषालले काउन्सिलको लेटरप्याडमा "लाइसेन्स परीक्षा पास भएको" उल्लेख गरिएको पत्र प्राप्त गरेका थिए। तर, काउन्सिलको आधिकारिक रेकर्डमा उनी फेल देखिएका छन्।
डेंगी परीक्षणको नाममा लुटपाट नगर्न मन्त्री पौडेलको चेतावनी, नि:शुल्क सेवा सुनिश्चित गर्न आग्रह
बिहीबार, साउन २, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको नाममा गरिब तथा सर्वसाधारणलाई आर्थिक रूपमा शोषण गर्ने प्रवृत्तिको कडा विरोध गर्दै यस्ता कार्यविरुद्ध सरकार कडा बन्ने चेतावनी दिएका छन्। मंगलबार आयोजित ‘साउन डेंगी सचेतना महिना’ राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले परीक्षण शुल्कलाई पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए।
ललितपुरमा क्षयरोग स्क्रिनिङ अभियान: ५८० जनामा छाती परीक्षण, दुई जनामा क्षयरोग पुष्टि
बुधबार, साउन १, २०८२
किशोरीको डिम्ब कारोबार आरोपमा पक्राउ परेका ‘होप फर्टिलिटी’ का पाँच जना हाजिरजमानतमा रिहा
मंगलबार, असार ३१, २०८२
साताको लोकप्रीय

