वीर लगायतका ठूला अस्पतालबाट दुई हजारभन्दा बढी बीमित परिवारको ‘प्रथम सेवा विन्दु’ हटाइयो
आइतबार, असार २९, २०८२
स्वास्थ्य बीमा बोर्डले वीर अस्पतालसहित देशभरका ठूला र रेफरल अस्पतालहरूबाट ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । बोर्डको नयाँ व्यवस्थापनले रेफरल अस्पतालहरूबाट सामान्य उपचार सुरु भएसँगै जटिल रोगका बिरामीले सेवा पाउन सक्ने अवसर गुम्न थालेको भन्दै यस्तो निर्णय लिएको हो ।
प्रधानमन्त्री ओलीद्वारा झापाको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन
शनिबार, असार २८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ मा निर्माण सम्पन्न भएको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको औपचारिक रूपमा उद्घाटन गरेका छन्। नेपालकै पहिलो महिला प्रधानपञ्च स्व. भागीरथा न्यौपानेको नाममा स्थापना गरिएको यस अस्पताल १५ कठ्ठा जग्गामा निर्माण गरिएको हो। अस्पतालको निर्माण लागत करिब ६ करोड ५० लाख रुपैयाँ रहेको...
स्वास्थ्य बीमा बोर्डद्वारा ९४ अस्पताललाई रेफरल सेन्टरमा समावेश गरियो
शुक्रबार, असार २७, २०८२
स्वास्थ्य बीमा बोर्डले ९४ वटा अस्पताललाई रेफरल सेन्टर (प्रेषण केन्द्र)को रुपमा सूचीकृत गरेको छ। यसअघि बोर्डले ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुको रूपमा सार्वजनिक गरेको थियो।
प्रजनन दर घट्दै गर्दा नयाँ ‘राष्ट्रिय जनसंख्या नीति–२०८२’ सार्वजनिक, वृद्धिदर पुनर्सन्तुलनको लक्ष्य
शुक्रबार, असार २७, २०८२
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशको घट्दो प्रजनन दरलाई मध्यनजर गर्दै ‘राष्ट्रिय जनसङ्ख्या नीति–२०८२’ सार्वजनिक गरेको छ। विश्व जनसङ्ख्या दिवसको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उक्त नीति सार्वजनिक गरेका हुन्।
देशभर डेंगु संक्रमणको जोखिम बढ्दो, स्वास्थ्य महाशाखाको सतर्कता अपिल
शुक्रबार, असार २७, २०८२
गर्मी र वर्षासँगै देशभर डेंगु संक्रमणको जोखिम तीव्ररूपमा बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आगामी दिनहरूमा संक्रमणको दर झनै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।
बीमितका लागि सुविधा: देशभर ३८४ स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ घोषणा
शुक्रबार, असार २७, २०८२
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब बीमितले उपचारको सुरुवात आफू नजिकको अस्पताल वा स्वास्थ्य संस्थाबाटै गर्न सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गते देखि लागू हुने गरी देशभरका ३८४ वटा स्वास्थ्य संस्थाहरूलाई प्रथम सेवा विन्दु को रूपमा तोकेको छ।
सूर्यविनायक नगर अस्पताल विस्तार, अब ट्रमा सेन्टर बन्ने तयारी
बिहीबार, असार २६, २०८२
सूर्यविनायक नगरपालिका-८ स्थित सूर्यविनायक नगर अस्पताललाई हाल ५० शय्यामा विस्तार गरिएको छ। यस अस्पतालले सुरुमा १० शय्यामा सेवा दिँदै आएकोमा हाल सेवा क्षमता पाँच गुणाले बढेको छ। बागमती प्रदेश सरकारले अस्पतालको विकासमा महत्वपूर्ण पहल गरेको छ।
नेपालका पाँच प्रदेशमा कोरोना संक्रमण पुष्टि: एक हप्तामा ५२ नयाँ संक्रमित थपिए, बागमतीमा सबैभन्दा धेरै ३३ जना सङ्क्रमित
बिहीबार, असार २६, २०८२
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)का ताजा तथ्यांकअनुसार, गएको हप्तामा नेपालका पाँच प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा ३३ जना सङ्क्रमित भेटिएका छन् भने लुम्बिनी र कोशी प्रदेशमा ८-८, मधेस प्रदेशमा २ र गण्डकी प्रदेशमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयमा दरबन्दी समायोजनबारे छलफल सुरु, सरोकारवालाको सुझावमा पुनरावलोकन हुने
बिहीबार, असार २६, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै प्रस्ताव गरिएको दरबन्दी संरचनालाई लिएर उठेको विवादपछि सरोकारवालासँग छलफल सुरु गरेको छ। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका आधारमा तयार गरिएको नयाँ संरचनालाई लिएर मन्त्रालयमा व्यापक असन्तुष्टि देखिएपछि सोमबार मन्त्रालयमा विभिन्न स्वास्थ्य संघ–संस्था, पेशागत संगठन र सरोकारवाला निकायसँग बैठक गरिएको हो।
स्वास्थ्य बीमा बोर्डको नियुक्तिमा डाक्टरहरूको अस्वीकार : प्रणालीमै सुधारको माग
बिहीबार, असार २६, २०८२
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले देशभरबाट १८० जना मेडिकल अफिसर नियुक्त गर्ने निर्णय गरे पनि तीमध्ये १५० जना चिकित्सकले नियुक्ति लिन अस्वीकार गरेका छन्। उनीहरूले तोकिएको कार्यशर्त अव्यवहारिक भएको भन्दै नियुक्तिपत्र नबुझी आफूलाई अलग राखेका हुन्।
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनेलाई ‘हेल्थ अवार्ड २०८२’ को लागि आवेदन खुला
बुधबार, असार २५, २०८२
साताको लोकप्रीय


