Swasthya Awaj
अदालती आदेश विरुद्ध चिकित्सक संघले घोषणा गर्‍यो चरणवद्ध आन्दोलन, स्वास्थ्य सेवा प्रभावित हुने संकेत
अदालती आदेश विरुद्ध चिकित्सक संघले घोषणा गर्‍यो चरणवद्ध आन्दोलन, स्वास्थ्य सेवा प्रभावित हुने संकेत चिकित्सक समुदाय फेरि एकपटक आन्दोलित बनेको छ। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीविरुद्ध उच्च अदालत पाटनले अवहेलना मुद्दा अघि बढाउने आदेश दिएपछि संघले त्यसको विरोधमा देशव्यापी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार, वीर अस्पतालबाट डिस्चार्ज
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार, वीर अस्पतालबाट डिस्चार्ज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। गत शनिबार ज्वरोका कारण अस्पताल भर्ना गरिएका मन्त्री पौडेलको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।
५८ नेपाली औषधि कम्पनीले पाए डब्लुएचओ जीएमपी प्रमाणपत्र, केहीको म्याद सकिने अवस्थामा
५८ नेपाली औषधि कम्पनीले पाए डब्लुएचओ जीएमपी प्रमाणपत्र, केहीको म्याद सकिने अवस्थामा औषधि उत्पादनको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न जिम्मेवार औषधि व्यवस्था विभागले डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार ‘कुशल औषधि उत्पादन अभ्यास’ (Good Manufacturing Practice– GMP) प्राप्त नेपाली कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ ।
स्वास्थ्य बीमा सेवामा महत्वपूर्ण परिवर्तन : अब जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने
स्वास्थ्य बीमा सेवामा महत्वपूर्ण परिवर्तन : अब जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने स्वास्थ्य बीमा बोर्डले बीमित व्यक्तिहरूको सुविधा विस्तार गर्ने उद्देश्यले बीमा सेवा सञ्चालन सम्बन्धी कार्यविधिमा महत्वपूर्ण परिवर्तन गरेको छ । अबदेखि बीमितले आफूले पहिल्यै तोकेको ‘प्रथम सेवा केन्द्र’ बाट मात्र नभई, नेपालभरका जुनसुकै सरकारी सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन् ।
सङ्खुवासभाकाे खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, स्थानीय तहबाट स्वास्थ्य पूर्वाधारमा सार्थक पहल
सङ्खुवासभाकाे खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, स्थानीय तहबाट स्वास्थ्य पूर्वाधारमा सार्थक पहल खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। करिब तीन करोड ७३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नयाँ अस्पताल भवन अबदेखि स्थानीय बासिन्दालाई नियमित सेवा प्रदान गर्ने तयारीमा छ।
ललितपुर महानगरपालिकाद्वारा स्वास्थ्य बीमाको प्रिमियममा ४०% सहयोग, नागरिकको पहुँच सहज बनाउने प्रयास
ललितपुर महानगरपालिकाद्वारा स्वास्थ्य बीमाको प्रिमियममा ४०% सहयोग, नागरिकको पहुँच सहज बनाउने प्रयास ललितपुर महानगरपालिकाले आफ्ना नागरिकहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य बीमाको प्रिमियमको ४० प्रतिशत हिस्सा आफैले तिर्ने निर्णय गरेको छ। यस कदमले स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सामाजिक सुरक्षा पहलको सुरुआत गरेको छ।
नेपालका वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्त डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय सल्लाहकारमा नियुक्त
नेपालका वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्त डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय सल्लाहकारमा नियुक्त नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि गौरवको विषय बनेको छ । वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्तलाई विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिणपूर्वी एशिया क्षेत्रीय क्षयरोग प्राविधिक सल्लाहकार समूहको सदस्यमा नियुक्त गरिएको छ। जुलाई १ देखि लागू हुने गरी दिइएको यो दुई वर्षे नियुक्तिलाई नेपाली स्वास्थ्य क्षेत्रमा सकारात्मक ऊर्जा र उत्साहका...
भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरामा १३ जना बिरामी, बालबालिका पनि संक्रमित
भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरामा १३ जना बिरामी, बालबालिका पनि संक्रमित भारतबाट ल्याइएको कुखुराको मासु सेवनपछि बाँकेको खजुरा गाउँपालिका-४ सिर्जना टोलमा १३ जना बिरामी परेका छन्। स्थानीय एक परिवारमा आयोजित भोजमा सहभागी भई मासु खाएका व्यक्तिहरूमा झाडापखाला, ज्वरो, वान्ता र रिँगटा जस्ता लक्षण देखिएको छ।
क्षयरोग नियन्त्रण चुनौतीपूर्ण : वर्षेनी ६८ हजार नयाँ संक्रमित, १६ हजार बढीको हुन्छ मृत्यु
क्षयरोग नियन्त्रण चुनौतीपूर्ण : वर्षेनी ६८ हजार नयाँ संक्रमित, १६ हजार बढीको हुन्छ मृत्यु नेपालमा क्षयरोग (ट्युबरकुलोसिस/टीबी) अझै गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (NTCC) को आयोजनामा काठमाडौँमा सुरु भएको दुईदिने वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकहरुले यस रोगको नियन्त्रणमा सरकारको प्रयास पर्याप्त भए पनि लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न अझ धेरै काम गर्नुपर्ने देखिएको छ।
Weather Update