Swasthya Awaj
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबाट किन माग्यो ३५ लाख रुपैयाँ धरौटी?
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबाट किन माग्यो ३५ लाख रुपैयाँ धरौटी? विशेष अदालतको इजलासले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटीको व्यवस्था गर्न आदेश दिएको छ। यो आदेश विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट जारी गरिएको हो ।
एम्बुलेन्स संचालन अनुमति अनिवार्य रूपमा लिन राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको निर्णय अनुसार मन्त्रालयले गर्यो सूचना जारी
एम्बुलेन्स संचालन अनुमति अनिवार्य रूपमा लिन राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको निर्णय अनुसार मन्त्रालयले गर्यो सूचना जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन निर्देशन गरेको छ। हाल देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्सहरूले अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै मन्त्रालयले सूचना जारी गरेको छ । 
अङ्ग प्रत्यरोपण गराउने परिवारलाई अब दुई लाख रुपैयाँ  दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
अङ्ग प्रत्यरोपण गराउने परिवारलाई अब दुई लाख रुपैयाँ दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यरोपण गराउने परिवारलाई अब २ लाख दिने भएको छ । यसअघि मृत्युपछि अंगदान गर्ने परिवारलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले किरिया खर्च भन्दै त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरेको थियो ।
कोहलपुर नगर अस्पतालले विहीबार देखि सुरु गर्यो स्वास्थ्य बीमा कार्यक्रम
कोहलपुर नगर अस्पतालले विहीबार देखि सुरु गर्यो स्वास्थ्य बीमा कार्यक्रम बाँके स्थित कोहलपुर नगर अस्पतालले विहीबार देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन २५ गते कोहलपुर नगर अस्पतालमा बीमा कार्यक्रम उद्घाटन गरेका थिए । प्राविधिक कठिनाईका कारण केही ढिला गरी सेवा सुरु भएको हो । कोहलपुर नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, बिमितहरुको गुनासोलाई ध्यानमा...
भाले लामखुट्टेलाई सुन्न नसक्ने बनाएर समागम गर्न नदिई लामखुट्टेले सार्ने रोग नियन्त्रण गर्ने उपायको खोजि
भाले लामखुट्टेलाई सुन्न नसक्ने बनाएर समागम गर्न नदिई लामखुट्टेले सार्ने रोग नियन्त्रण गर्ने उपायको खोजि डेङ्गी, येलो फीभर र जीकाजस्ता लामखुट्टले सार्ने रोग नियन्त्रण गर्न एउटा अस्वाभाविक उपाय उपयोगी हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। उक्त उपायमा भाले लामखुट्टेहरूलाई सुन्न नसक्ने बनाएर तिनलाई समागम गर्न कठिन हुने बनाइन्छ। लामखुट्टेहरूले हावामा उड्दै गर्दा समागम गर्छन्। पोथीलाई पछ्याउन भाले लामखुट्टे आफ्नो श्रवणशक्तिमा भर पर्छ। पोथीका आकर्षक पखेटाबाट निस्किने...
देशभर १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि, ११ जनाको मृत्यु
देशभर १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि, ११ जनाको मृत्यु ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विगत १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि गरेको छ । हालसम्म ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो ४ दिनमा ५ हजार ७१ जनालाई डेंगी संक्रमण भएको जनाएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको प्रतिष्ठानका सह प्रवक्ता डा अभिजित कुमारले जानकारी दिए ।
नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. गौतम र कँडेल नियुक्त
नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. गौतम र कँडेल नियुक्त सरकारले नेपाल फार्मेसी परिषद्मा रिक्त रहेको दुईवटा सदस्य पदमा दुई जनालाई मनोनित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा सभ्यता गौतम काठमाडौँ र विष्णुप्रसाद कंडेल बाग्लुङलाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।मनोनित दुबै जना फार्मेसी विषयको अध्यापन कार्यमा सम्लग्न छन् ।
Weather Update