उपभोक्ता अदालतको फैसलाले चिकित्सक संघ आन्दोलित, ऐन संशोधनको माग
मंगलबार, असार १७, २०८२
स्वास्थ्यकर्मी आन्दोलित : उपभोक्ता ऐन संशोधनको माग, सेवा बहिष्कारको चेतावनी
सोमबार, असार १६, २०८२
स्वास्थ्य सेवा क्षेत्रमा बढ्दो न्यायिक हस्तक्षेपको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को केही प्रावधानले चिकित्सा पेशामाथि हस्तक्षेप गरेको आरोप लगाउँदै नेपाल चिकित्सक संघ (नेचिसं) सहित विभिन्न स्वास्थ्यसम्बन्धी संघसंस्थाहरूले सरकारलाई तत्काल संशोधन गर्न दबाब दिएका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, ग्यास्ट्रोसम्बन्धी समस्या भएको आशंका
सोमबार, असार १६, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको वीर अस्पतालले जनाएको छ। केही दिनअघि ज्वरो, वान्ता र पखालाजस्ता लक्षण देखिएपछि उनलाई शुक्रबार साँझ वीर अस्पतालमा भर्ना गरिएको थियो।
पूर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश
सोमबार, असार १६, २०८२
टेरामक्स प्रणाली खरिद प्रकरणमा भ्रष्टाचार अभियोग खेपिरहेका पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनीबाट २५ लाख रुपैयाँ धरौटी लिई रिहा गर्न आदेश दिएको हो।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब ‘प्रथम सेवा बिन्दु’ सरकारी स्वास्थ्य संस्था मात्र हुने
सोमबार, असार १६, २०८२
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउनका लागि एउटा महत्वपूर्ण निर्णय लिएको छ। अबदेखि बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा लिन ‘प्रथम सेवा बिन्दु’ अनिवार्य रूपमा सरकारी स्वास्थ्य संस्था मात्र हुने भएका छन्।
प्रादेशिक अस्पताल सिराहमा बालकको मृत्युपछि तनाव, आफन्त र गाउँले प्रदर्शनमा, सुरक्षा व्यवस्था कडा
आइतबार, असार १५, २०८२
सिरहा नगरपालिका ६ का १२ वर्षीय बालक राजन रामको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहमा मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। बालकको मृत्युपछि उनका आफन्त र गाउँलेहरूले अस्पतालमा प्रदर्शन गर्दै केही समयका लागि मुख्य सडक अवरुद्ध गरेका थिए। अस्पतालमा चिकित्सकको लापरवाहीको आरोप लगाउँदै आक्रोशित भएका प्रदर्शनकारीहरू र सुरक्षाकर्मीबीच केही बेर...
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्वरो आएपछि वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
आइतबार, असार १५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल शनिबार साँझ अकस्मात अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएका छन्। ज्वरो, थकान र कमजोरीको समस्या देखिएपछि उनलाई तत्काल अस्पतालको वीआईपी कक्षमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
टेकु अस्पतालमा कोभिड–१९ विरुद्धको निःशुल्क खोप सेवा निरन्तर, खोप लिनेको संख्या फेरि बढ्न थाल्यो
आइतबार, असार १५, २०८२
छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फेरि फैलन थालेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। यस्तो अवस्थामा राजधानीको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ विरुद्धको फाइजर खोप निःशुल्क रूपमा निरन्तर उपलब्ध गराइरहेको छ।
रुकुम पश्चिमकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, सघन उपचारका लागि सुर्खेत रेफर
आइतबार, असार १५, २०८२
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका २ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई गम्भीर स्वास्थ्य समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सघन उपचारका लागि सुर्खेत पठाइएको छ। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सोमबार दिउँसो उद्धार गरिएको हो।
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्य प्रणालीमा जोड
शुक्रबार, असार १३, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न राष्ट्रसंघीय एशिया–प्रशान्त क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै डिजिटल स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि र आगामी योजनाबारे जानकारी दिएका छन्।
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश
शुक्रबार, असार १३, २०८२
उपभोक्ता हित संरक्षण अदालत, काठमाडौंले राजधानीको गंगबुस्थित हिमाल अस्पताल र बालरोग विशेषज्ञ डा. जयदेव यादवलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतले चिकित्सकीय लापरवाहीका कारण दुई वर्षीया बालिकाको मृत्यु भएको ठहर गर्दै अस्पताल र चिकित्सकलाई संयुक्तरूपमा क्षतिपूर्ति तिराउन आदेश दिएको हो।
खर्च नभएको अनुदान रकम फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, असार १३, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च नभएको अनुदान रकम सम्बन्धित सबै निकायलाई फिर्ता गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड, परिषद् र केन्द्रहरूलाई निःशर्त बाहेकका अनुदान रकम खर्च नभएमा तत्काल सरकारलाई फिर्ता पठाउन आग्रह गरेको हो।
क्यान्सरका बिरामीका लागि हटलाइन फोन सेवा, चौबिसै घण्टा सहयोग उपलब्ध
बिहीबार, असार १२, २०८२
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर रोगसँग जुधिरहेका बिरामीहरूलाई लक्षित गर्दै चौबिसै घण्टा सञ्चालन हुने हटलाइन फोन सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी उपचारकै क्रममा घर फर्किएका बिरामी तथा नयाँ पहिचान भएका बिरामीका लागि उपयोगी हुने अस्पतालले जनाएको छ।
साताको लोकप्रीय


