खर्च नभएको अनुदान रकम फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, असार १३, २०८२
क्यान्सरका बिरामीका लागि हटलाइन फोन सेवा, चौबिसै घण्टा सहयोग उपलब्ध
बिहीबार, असार १२, २०८२
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर रोगसँग जुधिरहेका बिरामीहरूलाई लक्षित गर्दै चौबिसै घण्टा सञ्चालन हुने हटलाइन फोन सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी उपचारकै क्रममा घर फर्किएका बिरामी तथा नयाँ पहिचान भएका बिरामीका लागि उपयोगी हुने अस्पतालले जनाएको छ।
स्वास्थ्य मन्त्रालयमा मन्त्रीसहित व्यापक हेरफेरको तयारी, जीवन परियार मन्त्री र केशरबहादुर ढकाल महानिर्देशक बन्ने चर्चा तीव्र
बिहीबार, असार १२, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निकट भविष्यमा ठूलो हेरफेर हुने संकेत देखिएको छ। स्रोतका अनुसार मन्त्री स्तरदेखि उच्च प्रशासनिक पदसम्म व्यापक परिवर्तनको तयारी थालिएको छ। विश्वस्त स्रोतले दिएको जानकारीअनुसार हाल नेकपा माओवादी केन्द्रका नेता जीवन परियारलाई स्वास्थ्य मन्त्रालयको मन्त्री बनाउने सम्भावना बलियो बनेको छ। सत्ता साझेदारीको समीकरण अनुसार परियारको नाम प्राथमिक...
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबाट किन माग्यो ३५ लाख रुपैयाँ धरौटी?
बुधबार, असार ११, २०८२
विशेष अदालतको इजलासले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटीको व्यवस्था गर्न आदेश दिएको छ। यो आदेश विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट जारी गरिएको हो ।
एम्बुलेन्स संचालन अनुमति अनिवार्य रूपमा लिन राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको निर्णय अनुसार मन्त्रालयले गर्यो सूचना जारी
बुधबार, असार ११, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन निर्देशन गरेको छ। हाल देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्सहरूले अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै मन्त्रालयले सूचना जारी गरेको छ ।
अङ्ग प्रत्यरोपण गराउने परिवारलाई अब दुई लाख रुपैयाँ दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
आइतबार, मंसिर ९, २०८१
सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यरोपण गराउने परिवारलाई अब २ लाख दिने भएको छ । यसअघि मृत्युपछि अंगदान गर्ने परिवारलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले किरिया खर्च भन्दै त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरेको थियो ।
कोहलपुर नगर अस्पतालले विहीबार देखि सुरु गर्यो स्वास्थ्य बीमा कार्यक्रम
बिहीबार, मंसिर ६, २०८१
बाँके स्थित कोहलपुर नगर अस्पतालले विहीबार देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन २५ गते कोहलपुर नगर अस्पतालमा बीमा कार्यक्रम उद्घाटन गरेका थिए । प्राविधिक कठिनाईका कारण केही ढिला गरी सेवा सुरु भएको हो । कोहलपुर नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, बिमितहरुको गुनासोलाई ध्यानमा...
सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा
बिहीबार, कात्तिक २२, २०८१
भाले लामखुट्टेलाई सुन्न नसक्ने बनाएर समागम गर्न नदिई लामखुट्टेले सार्ने रोग नियन्त्रण गर्ने उपायको खोजि
बिहीबार, कात्तिक २२, २०८१
डेङ्गी, येलो फीभर र जीकाजस्ता लामखुट्टले सार्ने रोग नियन्त्रण गर्न एउटा अस्वाभाविक उपाय उपयोगी हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। उक्त उपायमा भाले लामखुट्टेहरूलाई सुन्न नसक्ने बनाएर तिनलाई समागम गर्न कठिन हुने बनाइन्छ। लामखुट्टेहरूले हावामा उड्दै गर्दा समागम गर्छन्। पोथीलाई पछ्याउन भाले लामखुट्टे आफ्नो श्रवणशक्तिमा भर पर्छ। पोथीका आकर्षक पखेटाबाट निस्किने...
देशभर १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि, ११ जनाको मृत्यु
शनिबार, कात्तिक १०, २०८१
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विगत १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि गरेको छ । हालसम्म ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो ४ दिनमा ५ हजार ७१ जनालाई डेंगी संक्रमण भएको जनाएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी
शनिबार, कात्तिक १०, २०८१
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको प्रतिष्ठानका सह प्रवक्ता डा अभिजित कुमारले जानकारी दिए ।

