Swasthya Awaj
देशभर स्क्रब टाइफस तीव्र, एक महिनामै ५० जिल्लामा १४ सयभन्दा बढी संक्रमित
देशभर स्क्रब टाइफस तीव्र, एक महिनामै ५० जिल्लामा १४ सयभन्दा बढी संक्रमित मनसुन सुरु भएसँगै स्क्रब टाइफसको संक्रमण देशभर तीव्र गतिमा बढेको छ। स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार एक महिनामै ५० जिल्लामा १ हजार ४ सयभन्दा बढी बिरामी पहिचान भएका छन्। यो रोग ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाले हुने गर्छ, जुन मुसामा पाइने साना किराले मानिसलाई टोकेपछि सर्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान अब नेपालमै रोग निदानका लागि अत्याधुनिक प्रविधि प्रयोग हुने भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि ‘डिजिटल पीसीआर’ मेसिन सञ्चालनमा आएको छ।
डा. केसीको चेतावनी: निजी मेडिकल कलेजमा सिट वृद्धि फिर्ता नलिए सत्याग्रह गर्ने
डा. केसीको चेतावनी: निजी मेडिकल कलेजमा सिट वृद्धि फिर्ता नलिए सत्याग्रह गर्ने चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा हालै गरिएको सिट वृद्धि निर्णय फिर्ता नलिए सत्याग्रहमा उत्रिने चेतावनी दिएका छन्। आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उनले सरकार, चिकित्सा शिक्षा आयोग र सम्बन्धित नेताहरूलाई लक्षित गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा नाफामुखी गतिविधि बढ्न नदिन आग्रह गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु, बिरामीलाई ठूलो राहत
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु, बिरामीलाई ठूलो राहत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले मृगौला रोगीका लागि अत्यन्त महत्वपूर्ण मानिने डायलासिस सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यसअघि दुई पटक उद्घाटन भए पनि सेवा सुचारु गर्न नसकेको प्रतिष्ठानले, यसपटक भने साँच्चिकै सेवा सुरु गरेको जनाएको छ।
टेकु अस्पतालमा २४ वर्षीया युवतीको डेंगुबाट मृत्यु, यो वर्षको पहिलो घटना
टेकु अस्पतालमा २४ वर्षीया युवतीको डेंगुबाट मृत्यु, यो वर्षको पहिलो घटना डेंगु संक्रमणका कारण काठमाडौंस्थित टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु भएको छ। यो वर्ष नेपालमा डेंगुका कारण भएको पहिलो मृत्यु हो। अस्पताल स्रोतका अनुसार ती युवती मंगलबार साँझ गम्भीर अवस्थासहित भर्ना भएकी थिइन् र आईसीयूमा राखेर उपचार गरिए पनि बुधबार बिहान निधन भयो।
को हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. भरत बहादुर खत्री?
को हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. भरत बहादुर खत्री? पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत बहादुर खत्री नवनियुक्त उपकुलपति बनेका छन्। स्वास्थ्य शिक्षण, अनुसन्धान र अस्पताल व्यवस्थापनमा दुई दशकभन्दा बढी अनुभव बोकेका खत्रीलाई प्रतिष्ठानको नेतृत्व गर्न अवसर मिल्नु, गण्डकी प्रदेशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय स्तरको संस्थाका लागि नयाँ अध्यायको सुरुवातको रूपमा हेरिएको छ।
Weather Update