Swasthya Awaj
अमेरिकाको कोलम्बसमा नेपाली दूतावासको घुम्ती शिविर, चार सय नेपालीले लिए सेवा
अमेरिकाको कोलम्बसमा नेपाली दूतावासको घुम्ती शिविर, चार सय नेपालीले लिए सेवा अमेरिकाको ओहायो राज्यको कोलम्बसमा नेपाली राजदूतावासद्वारा आयोजित दुईदिने घुम्ती शिविरबाट करिब चार सय नेपाली सेवाग्राही लाभान्वित भएका छन्। नेपाली समुदायलाई राहदानी नवीकरणलगायतका सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले मङ्गलबार र बुधबार आयोजना गरिएको शिविरमा उत्साहजनक सहभागिता देखिएको दूतावासले जनाएको छ।
स्तनपानको विकल्प होइन, वातावरण बनाउनु जरुरी छ: मिड्वाइफ्री अधिकृत खड्काको अनुभव
स्तनपानको विकल्प होइन, वातावरण बनाउनु जरुरी छ: मिड्वाइफ्री अधिकृत खड्काको अनुभव शिशुको स्वास्थ्य र पोषण सुरक्षाका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने 'स्तनपान' विषयक चेतनालाई विश्वभर फैलाउने उद्देश्यसहित आजदेखि नेपालमा पनि 'विश्व स्तनपान सप्ताह' विभिन्न कार्यक्रमसहित सुरु भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइने यस सप्ताहको मुख्य उद्देश्य आमाबाबु, स्वास्थ्यकर्मी, नीतिनिर्माता र समुदायलाई स्तनपानको वैज्ञानिक, सामाजिक र भावनात्मक महत्त्वबारे जानकारी...
क्षयरोग नियन्त्रणमा ‘टीबी-मुक्त नेपाल’ को लक्ष्यसहित नयाँ पञ्चवर्षीय रणनीति निर्माण प्रक्रिया सुरु
क्षयरोग नियन्त्रणमा ‘टीबी-मुक्त नेपाल’ को लक्ष्यसहित नयाँ पञ्चवर्षीय रणनीति निर्माण प्रक्रिया सुरु नेपालमा क्षयरोग (टीबी) नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आगामी पञ्चवर्षीय रणनीतिक योजना (२०८३/८४- ०८७/८८) निर्माण प्रक्रिया सुरु गरेको छ। यसका लागि केन्द्रले तीन दिने सरोकारवाला परामर्श कार्यशाला सम्पन्न गरेको छ।
स्वास्थ्य मन्त्रालयमा वित्तीय अनुशासन र पारदर्शीताका लागि नयाँ कार्यविधि लागू
स्वास्थ्य मन्त्रालयमा वित्तीय अनुशासन र पारदर्शीताका लागि नयाँ कार्यविधि लागू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वित्तीय प्रणालीलाई थप पारदर्शी र उत्तरदायी बनाउन नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले यो कार्यविधि जारी गर्दै आन्तरिक आर्थिक सञ्चालन, बजेट व्यवस्थापन र खर्च अनुशासनमा सुधार ल्याउने उद्देश्य लिएको हो।
भरतपुर अस्पतालमा घट्दो प्रसूति सेवा : सेवाको पहुँच विस्तार मुख्य कारण
भरतपुर अस्पतालमा घट्दो प्रसूति सेवा : सेवाको पहुँच विस्तार मुख्य कारण कहिले काँही एक वर्षमा १६ हजारसम्म गर्भवती महिलाले प्रसूति सेवा लिने भरतपुर अस्पतालमा अहिले त्यो संख्या घट्दो क्रममा देखिएको छ। परोपकार प्रसूतिगृहपछि दोस्रो ठूलो मातृस्वास्थ्य सेवा दिने सरकारी अस्पताल मानिने भरतपुर अस्पतालमा विगत तीन वर्षयता प्रसूति सेवाका लाभग्राही घट्दै गएका छन्।
स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूको बक्यौता आगामी भदौभित्र भुक्तानी हुने : मन्त्री पौडेलको प्रतिबद्धता
स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूको बक्यौता आगामी भदौभित्र भुक्तानी हुने : मन्त्री पौडेलको प्रतिबद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा सूचीकृत अस्पतालहरूले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी (बक्यौता) रकम आगामी भदौ महिनाभित्र फरफारक गरिने स्पष्ट पारेका छन्।
Weather Update