Swasthya Awaj
सुदूरपश्चिममा सरकारी चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने, विशेषज्ञ क्लिनिकका लागि नयाँ मापदण्ड लागू
सुदूरपश्चिममा सरकारी चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने, विशेषज्ञ क्लिनिकका लागि नयाँ मापदण्ड लागू सुदूरपश्चिम प्रदेशमा कार्यरत सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अब कार्यालय समय बाहेक अन्यत्र काम गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत यसको कार्यान्वयन सुरु गर्दै परिपत्र जारी गरेको छ।
कृत्रिम सास दिँदै जीवन फर्काइन् : बैतडीमा अनमीको आठ घण्टा लामो संघर्ष
कृत्रिम सास दिँदै जीवन फर्काइन् : बैतडीमा अनमीको आठ घण्टा लामो संघर्ष सुदूरपश्चिमको विकट पहाडी गाउँमा एउटा महिला स्वास्थ्यकर्मीले मानवताका लागि जुन समर्पण देखाइन्, त्यो केवल कथा जस्तो लाग्छ। तर यो सत्य घटना हो जहाँ एक नवजात शिशुलाई आठ घण्टासम्म मुखबाट कृत्रिम सास दिइयो, अनि एउटा जीवन फेरि फिर्ता ल्याइयो।
बयालपाटा अस्पताल अब प्रदेश सरकारको मातहतमा, भदौ १ देखि सञ्चालन अधिकार सरकारलाई सर्ने
बयालपाटा अस्पताल अब प्रदेश सरकारको मातहतमा, भदौ १ देखि सञ्चालन अधिकार सरकारलाई सर्ने अछाम जिल्लाको साँफेबगर नगरपालिका-७ मा रहेको बयालपाटा अस्पताल अब सुदूरपश्चिम प्रदेश सरकारको प्रत्यक्ष स्वामित्व र व्यवस्थापनमा सञ्चालनमा आउने भएको छ। गैरसरकारी संस्था न्याय हेल्थ नेपालले लामो समयदेखि संचालन गर्दै आएको यो अस्पतालको जिम्मेवारी आगामी भदौ १ गतेदेखि प्रदेश सरकारले लिन सक्ने गरी कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरिएको छ।
बाजुरामा पोषक आहार नपाएर मृत्यु: राज्यको जिम्मेवारी कुन ठाउँमा
बाजुरामा पोषक आहार नपाएर मृत्यु: राज्यको जिम्मेवारी कुन ठाउँमा सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुराको विकट गाउँ स्वामीकार्तिक खापर गाउँपालिकामा कुपोषण पीडित बालबालिकाको उपचारमा प्रयोग हुने आरयूटीएफ (Ready to Use Therapeutic Food) अभावका कारण दुई बालबालिकाको मृत्यु भएको छ। चार महिनादेखि आरयूटीएफ आपूर्ति नहुँदा स्थानीय स्वास्थ्य संस्थामा उपचार रोकिएको र त्यसको प्रत्यक्ष असर बालबालिकाको ज्यानमा परेको हो।
डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंहको दुबै तहको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालत मुद्धा दायर
डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंहको दुबै तहको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालत मुद्धा दायर प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत २० बैशाख २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु अघिको खाली समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै सम्हालेका थिए ।त्यसैबेला प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्रीस्तरीयय निर्णय गर्दै डडेल्धुरा अमरगढी नगरपालिका वडा नं २ सोलपारी स्थायी ठेगाना भएका लक्ष्मण सिंहलाई डडेल्धुरा अस्पताल विकास...
टीकापुरको एक मेडिकलमा सुई लगाए लगत्तै एक महिलाको मृत्यु
टीकापुरको एक मेडिकलमा सुई लगाए लगत्तै एक महिलाको मृत्यु कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं। १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।
विविध सेवा विस्तार गर्दै गेटा अस्पताल
विविध सेवा विस्तार गर्दै गेटा अस्पताल गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा विस्तारको तयारी गरेको हो ।
धनगढीवासीले अब निःशुल्क रगत पाउने
धनगढीवासीले अब निःशुल्क रगत पाउने कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।
शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला
शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् ।
Weather Update