स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थ मन्त्रालयको कडाइ, ६ बुँदामा स्पष्ट जवाफ माग
सोमबार, असार २३, २०८२
अमेरिकी स्वास्थ्य सहयोग कटौतीले विश्वव्यापी संकट निम्त्याउने खतरा, नेपाल पनि उच्च जोखिममा
आइतबार, असार २२, २०८२
हालै विश्वस्तरीय चिकित्सा जर्नल द ल्यान्सेट मा प्रकाशित एक अध्ययनले गम्भीर चेतावनी दिएको छ: यदि अमेरिका लगायतका देशहरूले विकासशील राष्ट्रहरूलाई दिइँदै आएको स्वास्थ्य सहायता कटौती गरे, सन् २०३० सम्ममा globally एक करोड ४० लाख मानिसको अकालमा मृत्यु हुन सक्छ। तीमध्ये पाँच वर्षमुनिका करिब ४५ लाख बालबालिका रहने अनुमान गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तनावपूर्ण अवस्था
शुक्रबार, असार २०, २०८२
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन आएकी एक युवतीको अप्रत्याशित निधन भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। शुक्रबार बिहान करिब ४ बजे घोराही उपमहानगरपालिका-१८ की २१ वर्षीया गुड्डी सुनारलाई प्रसूति सेवाका लागि भर्ना गरिएको थियो।
अदालती आदेश विरुद्ध चिकित्सक संघले घोषणा गर्यो चरणवद्ध आन्दोलन, स्वास्थ्य सेवा प्रभावित हुने संकेत
शुक्रबार, असार २०, २०८२
चिकित्सक समुदाय फेरि एकपटक आन्दोलित बनेको छ। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीविरुद्ध उच्च अदालत पाटनले अवहेलना मुद्दा अघि बढाउने आदेश दिएपछि संघले त्यसको विरोधमा देशव्यापी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार, वीर अस्पतालबाट डिस्चार्ज
शुक्रबार, असार २०, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। गत शनिबार ज्वरोका कारण अस्पताल भर्ना गरिएका मन्त्री पौडेलको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।
५८ नेपाली औषधि कम्पनीले पाए डब्लुएचओ जीएमपी प्रमाणपत्र, केहीको म्याद सकिने अवस्थामा
शुक्रबार, असार २०, २०८२
औषधि उत्पादनको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न जिम्मेवार औषधि व्यवस्था विभागले डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार ‘कुशल औषधि उत्पादन अभ्यास’ (Good Manufacturing Practice– GMP) प्राप्त नेपाली कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ ।
स्वास्थ्य बीमा सेवामा महत्वपूर्ण परिवर्तन : अब जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने
शुक्रबार, असार २०, २०८२
स्वास्थ्य बीमा बोर्डले बीमित व्यक्तिहरूको सुविधा विस्तार गर्ने उद्देश्यले बीमा सेवा सञ्चालन सम्बन्धी कार्यविधिमा महत्वपूर्ण परिवर्तन गरेको छ । अबदेखि बीमितले आफूले पहिल्यै तोकेको ‘प्रथम सेवा केन्द्र’ बाट मात्र नभई, नेपालभरका जुनसुकै सरकारी सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन् ।
कोभिड–१९ र डेंगी संक्रमण पुन बढ्दै: एक सातामा ३५ जना कोभिड संक्रमित, ७१ जना डेंगी बिरामी
बिहीबार, असार १९, २०८२
सङ्खुवासभाकाे खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, स्थानीय तहबाट स्वास्थ्य पूर्वाधारमा सार्थक पहल
बिहीबार, असार १९, २०८२
खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। करिब तीन करोड ७३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नयाँ अस्पताल भवन अबदेखि स्थानीय बासिन्दालाई नियमित सेवा प्रदान गर्ने तयारीमा छ।
ललितपुर महानगरपालिकाद्वारा स्वास्थ्य बीमाको प्रिमियममा ४०% सहयोग, नागरिकको पहुँच सहज बनाउने प्रयास
बिहीबार, असार १९, २०८२
ललितपुर महानगरपालिकाले आफ्ना नागरिकहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य बीमाको प्रिमियमको ४० प्रतिशत हिस्सा आफैले तिर्ने निर्णय गरेको छ। यस कदमले स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सामाजिक सुरक्षा पहलको सुरुआत गरेको छ।
नेपालका वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्त डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय सल्लाहकारमा नियुक्त
बुधबार, असार १८, २०८२
नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि गौरवको विषय बनेको छ । वरिष्ठ क्षयरोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद पन्तलाई विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिणपूर्वी एशिया क्षेत्रीय क्षयरोग प्राविधिक सल्लाहकार समूहको सदस्यमा नियुक्त गरिएको छ। जुलाई १ देखि लागू हुने गरी दिइएको यो दुई वर्षे नियुक्तिलाई नेपाली स्वास्थ्य क्षेत्रमा सकारात्मक ऊर्जा र उत्साहका...


