स्वास्थ्य बीमा बोर्डद्वारा ९४ अस्पताललाई रेफरल सेन्टरमा समावेश गरियो

काठमाडौँ, असार २७- स्वास्थ्य बीमा बोर्डले ९४ वटा अस्पताललाई रेफरल सेन्टर (प्रेषण केन्द्र)को रुपमा सूचीकृत गरेको छ। यसअघि बोर्डले ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुको रूपमा सार्वजनिक गरेको थियो।
प्रथम सेवा विन्दुमा उपचार सम्भव नभएपछि बिरामीहरूलाई थप उपचारका लागि रेफरल सेन्टरमा पठाउने व्यवस्था गरिएको हो। बोर्डका अनुसार प्रथम सेवा विन्दुमा सरकारी स्वास्थ्य संस्था मात्र रहनेछन्, तर रेफरल सेन्टरमा भने सरकारी र निजी दुवै अस्पताल समावेश छन्।
स्वास्थ्य बीमा बोर्डले यस निर्णयमार्फत सेवाको पहुँच विस्तार गर्ने र बिरामीलाई उपचार प्रक्रियामा सहजता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
हेर्नुहोस रेफरल अस्पतालको सूची
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय