Swasthya Awaj
स्वास्थ्यकर्मी आन्दोलित : उपभोक्ता ऐन संशोधनको माग, सेवा बहिष्कारको चेतावनी
स्वास्थ्यकर्मी आन्दोलित : उपभोक्ता ऐन संशोधनको माग, सेवा बहिष्कारको चेतावनी स्वास्थ्य सेवा क्षेत्रमा बढ्दो न्यायिक हस्तक्षेपको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को केही प्रावधानले चिकित्सा पेशामाथि हस्तक्षेप गरेको आरोप लगाउँदै नेपाल चिकित्सक संघ (नेचिसं) सहित विभिन्न स्वास्थ्यसम्बन्धी संघसंस्थाहरूले सरकारलाई तत्काल संशोधन गर्न दबाब दिएका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, ग्यास्ट्रोसम्बन्धी समस्या भएको आशंका
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, ग्यास्ट्रोसम्बन्धी समस्या भएको आशंका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको वीर अस्पतालले जनाएको छ। केही दिनअघि ज्वरो, वान्ता र पखालाजस्ता लक्षण देखिएपछि उनलाई शुक्रबार साँझ वीर अस्पतालमा भर्ना गरिएको थियो।
निजामती विधेयकमा नयाँ व्यवस्था: स्वास्थ्य बीमा बोर्डको भूमिकामै प्रश्न, बीमा कार्यक्रम संकटमा पर्ने जोखिम
निजामती विधेयकमा नयाँ व्यवस्था: स्वास्थ्य बीमा बोर्डको भूमिकामै प्रश्न, बीमा कार्यक्रम संकटमा पर्ने जोखिम संघीय निजामती सेवा सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै स्वास्थ्य बीमा कार्यक्रमको भविष्यबारे चासो बढेको छ। नयाँ विधेयकमा निजामती कर्मचारीको स्वास्थ्य बीमा योजना सामाजिक सुरक्षा कोषमार्फत सञ्चालन गरिने प्रावधान समावेश भएपछि स्वास्थ्य बीमा बोर्ड को वर्तमान संरचना र भूमिकामै प्रश्न उठेको छ।
पूर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश
पूर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश टेरामक्स प्रणाली खरिद प्रकरणमा भ्रष्टाचार अभियोग खेपिरहेका पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनीबाट २५ लाख रुपैयाँ धरौटी लिई रिहा गर्न आदेश दिएको हो।
उपभोक्ता अदालतको निर्णयप्रति चिकित्सक संघको आपत्ति : “न्यायको नाममा चिकित्सा पेशामाथि हस्तक्षेप”
उपभोक्ता अदालतको निर्णयप्रति चिकित्सक संघको आपत्ति : “न्यायको नाममा चिकित्सा पेशामाथि हस्तक्षेप” उपभोक्ता अदालतले चिकित्सक र अस्पतालहरूलाई करोडौँ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको निर्णयप्रति नेपाल चिकित्सक संघ (एनएमए) ले कडा आपत्ति जनाएको छ। संघले अदालतको निर्णयलाई चिकित्सा पेशामाथि न्यायिक हस्तक्षेपको संज्ञा दिँदै गम्भीर चिन्ता व्यक्त गरेको हो।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब ‘प्रथम सेवा बिन्दु’ सरकारी स्वास्थ्य संस्था मात्र हुने
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब ‘प्रथम सेवा बिन्दु’ सरकारी स्वास्थ्य संस्था मात्र हुने सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउनका लागि एउटा महत्वपूर्ण निर्णय लिएको छ। अबदेखि बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा लिन ‘प्रथम सेवा बिन्दु’ अनिवार्य रूपमा सरकारी स्वास्थ्य संस्था मात्र हुने भएका छन्।
प्रादेशिक अस्पताल सिराहमा बालकको मृत्युपछि तनाव, आफन्त र गाउँले प्रदर्शनमा, सुरक्षा व्यवस्था कडा
प्रादेशिक अस्पताल सिराहमा बालकको मृत्युपछि तनाव, आफन्त र गाउँले प्रदर्शनमा, सुरक्षा व्यवस्था कडा सिरहा नगरपालिका ६ का १२ वर्षीय बालक राजन रामको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहमा मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। बालकको मृत्युपछि उनका आफन्त र गाउँलेहरूले अस्पतालमा प्रदर्शन गर्दै केही समयका लागि मुख्य सडक अवरुद्ध गरेका थिए। अस्पतालमा चिकित्सकको लापरवाहीको आरोप लगाउँदै आक्रोशित भएका प्रदर्शनकारीहरू र सुरक्षाकर्मीबीच केही बेर...
चिकित्सकीय लापरवाही बढ्दै जाँदा उपभोक्ता अदालतको शरणमा बिरामी, न्यायका लागि अदालत ढोका ढकढक्याउँदै
चिकित्सकीय लापरवाही बढ्दै जाँदा उपभोक्ता अदालतको शरणमा बिरामी, न्यायका लागि अदालत ढोका ढकढक्याउँदै पछिल्लो समय चिकित्सकीय लापरवाहीसम्बन्धी उजुरी तथा मुद्दा उपभोक्ता अदालतसम्म पुग्ने क्रम तीव्र भएको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनाका अनुसार, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूबाट उपेक्षा, अव्यवसायिक व्यवहार, र गैरजिम्मेवारीपूर्ण गतिविधि बढ्दै गएपछि पीडित नागरिक अदालत धाउन बाध्य भएका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्वरो आएपछि वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्वरो आएपछि वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल शनिबार साँझ अकस्मात अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएका छन्। ज्वरो, थकान र कमजोरीको समस्या देखिएपछि उनलाई तत्काल अस्पतालको वीआईपी कक्षमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
टेकु अस्पतालमा कोभिड–१९ विरुद्धको निःशुल्क खोप सेवा निरन्तर, खोप लिनेको संख्या फेरि बढ्न थाल्यो
टेकु अस्पतालमा कोभिड–१९ विरुद्धको निःशुल्क खोप सेवा निरन्तर, खोप लिनेको संख्या फेरि बढ्न थाल्यो छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फेरि फैलन थालेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। यस्तो अवस्थामा राजधानीको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ विरुद्धको फाइजर खोप निःशुल्क रूपमा निरन्तर उपलब्ध गराइरहेको छ।
रुकुम पश्चिमकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, सघन उपचारका लागि सुर्खेत रेफर
रुकुम पश्चिमकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, सघन उपचारका लागि सुर्खेत रेफर रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका २ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई गम्भीर स्वास्थ्य समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सघन उपचारका लागि सुर्खेत पठाइएको छ। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सोमबार दिउँसो उद्धार गरिएको हो।
Weather Update