लागू औषध नियन्त्रणका लागि छुट्टै विभाग आउने, गृहमन्त्री लेखकको घोषणा
बिहीबार, असार १२, २०८२
क्यान्सरका बिरामीका लागि हटलाइन फोन सेवा, चौबिसै घण्टा सहयोग उपलब्ध
बिहीबार, असार १२, २०८२
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर रोगसँग जुधिरहेका बिरामीहरूलाई लक्षित गर्दै चौबिसै घण्टा सञ्चालन हुने हटलाइन फोन सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी उपचारकै क्रममा घर फर्किएका बिरामी तथा नयाँ पहिचान भएका बिरामीका लागि उपयोगी हुने अस्पतालले जनाएको छ।
हृदयघातको जोखिमबाट आफूलाई कसरी जोगाउने ?
बिहीबार, असार १२, २०८२
पछिल्ला केही वर्षयता नेपालमा हृदयघात (Heart Attack) को जोखिम तीव्ररूपमा बढ्दै गएको देखिन्छ। एकातिर आधुनिक जीवनशैली, अर्कोतर्फ खानपानमा आएको विकृति, मानसिक तनाव र शारीरिक निष्क्रियता यी सबै कारकहरूले नेपाली समाजमा हृदयसम्बन्धी समस्याको दर उच्च बनाइरहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार हृदयघात मृत्युको प्रमुख कारणमध्ये एक हो, जसले युवादेखि...
स्वास्थ्य मन्त्रालयमा मन्त्रीसहित व्यापक हेरफेरको तयारी, जीवन परियार मन्त्री र केशरबहादुर ढकाल महानिर्देशक बन्ने चर्चा तीव्र
बिहीबार, असार १२, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निकट भविष्यमा ठूलो हेरफेर हुने संकेत देखिएको छ। स्रोतका अनुसार मन्त्री स्तरदेखि उच्च प्रशासनिक पदसम्म व्यापक परिवर्तनको तयारी थालिएको छ। विश्वस्त स्रोतले दिएको जानकारीअनुसार हाल नेकपा माओवादी केन्द्रका नेता जीवन परियारलाई स्वास्थ्य मन्त्रालयको मन्त्री बनाउने सम्भावना बलियो बनेको छ। सत्ता साझेदारीको समीकरण अनुसार परियारको नाम प्राथमिक...
थाइल्याण्डमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा महत्वपूर्ण सुझाव सङ्कलन
बुधबार, असार ११, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूसँग स्वास्थ्य सेवा सुधारका लागि महत्वपूर्ण सुझावहरू सङ्कलन गरेका छन्। नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न र नीतिगत सुधारका लागि विदेशमा सिकेको ज्ञान र अनुभवको सदुपयोग गर्ने उद्देश्यले मन्त्री पौडेलले बैंककमा अन्तरक्रिया गरेका हुन्।
नेपालमा युवामाझ लागुऔषधको खतरा गहिरिँदै, पुनर्स्थापना केन्द्रहरू कमजोर
बुधबार, असार ११, २०८२
नेपालमा पछिल्ला वर्षहरूमा लागुऔषध दुर्व्यसनको समस्या झनै गम्भीर बन्दै गएको छ। विशेष गरी १३ देखि २५ वर्षसम्मका किशोरकिशोरी र युवायुवती यो समस्यामा तीव्र रूपमा फसिरहेका छन्। विशेषज्ञहरूका अनुसार अब यो केवल स्वास्थ्य समस्या नभई सामाजिक संकटको रूपमा फैलिँदो छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा *१५ जनाको आवेदन
बुधबार, असार ११, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको उपकुलपति पदका लागि *१५ जनाको आवेदन परेको छ। मन्त्रालयले १४ जना भनि सुचि प्रकाशन गरेपनि १ जना आबेदकले दर्ता गराएको आबेदनमा कुनै पनि प्रतिष्ठान नाम नखुलेको भनियतापनि स्वास्थ्य आवाजले डा अरुण कुमार सिंह लाई टेलिफोन सम्पर्क गर्दा उनले पनि कर्णालीकै लागि आवेदन दिएको बताएका छन। ...
एम्बुलेन्स संचालन अनुमति अनिवार्य रूपमा लिन राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको निर्णय अनुसार मन्त्रालयले गर्यो सूचना जारी
बुधबार, असार ११, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन निर्देशन गरेको छ। हाल देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्सहरूले अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै मन्त्रालयले सूचना जारी गरेको छ ।
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको सूची सार्वजनिक- पाटनमा १०, बिपीमा १३, कर्णालीमा १४ र सबै भन्दा धेरै पोखरामा १७ जना गरी जम्मा ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका आवेदकको नाम सिफारिस समितिले मंगलबार सूची सार्वजनिक गरेको छ।
चिकित्सा शिक्षा आयोग बैठकबाट सीटीईभीटी अन्तर्गत ४३ वटा कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र (सूचीसहित)
आइतबार, मंसिर ९, २०८१
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत विभिन्न विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै ७ वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधानः निजी मेडिकल कलेजहरु स्वःमूल्यांकन फारम भर्न तयार
आइतबार, मंसिर ९, २०८१
लामो समय देखी आवासीय चिकित्सहरुको निर्वाह भत्ता विवाद चिकित्सा शिक्षा आयोगको १५ औं बैठकबाट समाधान भएको छ । चिकित्सा शिक्षा आयोगको १५ औं बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका सहअध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई दिएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्वन्धि अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्दै
शुक्रबार, मंसिर ७, २०८१
‘फोरम फर इथिकल रिभ्यु कमीटी इन द एशिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)’ २४ औँ शिखर सम्मेलन आगामी ९ देखि १२ मंसिरसम्म काठमाडौँमा हुने भएको छ । फरक्यापको सदस्य समेत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मुख्य आयोजनामा यसपटक सम्मेलन काठमाडौँमा हुने भएको हो ।
साताको लोकप्रीय


