1654070751_480X320-1710835005.jpeg)
काठमाडौँ, असार ११ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको उपकुलपति पदका लागि *१५ जनाको आवेदन परेको छ। मन्त्रालयले १४ जना भनि सुचि प्रकाशन गरेपनि १ जना आबेदकले दर्ता गराएको आबेदनमा कुनै पनि प्रतिष्ठान नाम नखुलेको भनियतापनि स्वास्थ्य आवाजले डा अरुण कुमार सिंह लाई टेलिफोन सम्पर्क गर्दा उनले पनि कर्णालीकै लागि आवेदन दिएको बताएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको सिफारिस समितिको सचिवालयमा मंगलबार साँझ ५ बजेसम्म *१५ जनाले आवेदन दर्ता गराएका हुन्।
गत बुधबार सार्वजनिक सूचना आह्वान गर्दै इच्छुक र योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरिएको थियो। प्रतिष्ठानको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदपूर्तिको प्रक्रिया अघि बढाएको छ। यसै क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जनाको आवेदन परेको हो।
सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी उपकुलपति नियुक्तिका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ।
कर्णालीका लागि आवेदन दिनेहरु
१. प्राडा विजय अर्याल
२. प्राडा सेशनन्द सञ्जेल
३. डा उत्सव चापागाईं
४. प्राडा प्रमोद कुमार सर्राफ
५. डा पवजजंग रायमाझी
६. डा पुजन रोकाया
७. डा सूर्यमान मेन्याङ्बो
८. डा एलिजा श्रेष्ठ
९. डा डबलबहादुर धामी
१०. डा कालु शर्मा सुवेदी
११. डा विष्णु प्रसाद शर्मा
१२. डा प्रमोद यादव
१३. डा श्रीकृष्ण गिरी
१४. डा लक्ष्मीनारायण सिंह
१५. डा अरुणकुमार सिंह*