Swasthya Awaj
मेडिकल शिक्षा आयोगको निर्णयपछि देशभर मेडिकल तथा डेन्टल कलेजको सिट संख्या बढ्यो

काठमाडौँ, २०८२ साउन २९- चिकित्सा शिक्षा आयोगले देशभरका विभिन्न मेडिकल र डेन्टल कलेजका अध्ययन सिट संख्या वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा आयोग अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको २१औं बैठकले एमबीबीएस र बीडीएस दुवै तहका कार्यक्रमका लागि सिट वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो।

यसपटकको निर्णय अनुसार समग्रमा ४९५ सिट थपिएका छन्। काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल कलेजसहित सरकारी र निजी दुबै क्षेत्रका कलेजहरूले यसबाट लाभ पाएका छन्।

TB

एमबीबीएस तहमा सिट वितरण
एमबीबीएस तहमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, नोबेल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले समान १३०-१३० सिट पाएका छन्। नेपाल मेडिकल कलेजले पनि १३० सिट पाएको छ। मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजले १२०-१२० सिट पाएका छन् भने किष्ट मेडिकल कलेजले पनि १२० सिट पाएको छ। देवदह मेडिकल कलेजको कोटा ९० मा पुगेको छ।

बीडीएस तहमा सिट वितरण
बीडीएस (डेन्टल) कार्यक्रम अन्तर्गत पिपल्स डेन्टल कलेज र कान्तिपुर डेन्टल कलेजले समान ६०-६० सिट पाएका छन्। बाँकी अन्य डेन्टल कलेजहरूमा ५०, ४० र ३० सिटका दरले कोटा तोकिएको छ।

आयोगले यसअघि पनि केही चरणमा सिट समायोजन र निर्धारणको प्रक्रिया अघि बढाएको थियो। तर यसपटकको वृद्धि केही कलेजको क्षमताअनुसार अझै बढाउन सकिने बताइएको छ।
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update