झापामा डेंगु संक्रमण बढेसँगै 'सर्च एण्ड डिस्ट्रोय' अभियान सुरु
शनिबार, असार १४, २०८२
झापा जिल्लामा डेंगु संक्रमण फैलिन थालेपछि स्थानीय तहले मच्छर नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गरेका छन्। बिराटनगर उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा संचालन गरिएको अभियानमा मच्छरको लार्भा नष्ट गर्ने काम तीव्र पारिएको छ।
खर्च नभएको अनुदान रकम फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
शनिबार, असार १४, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च नभएको अनुदान रकम सम्बन्धित सबै निकायलाई फिर्ता गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड, परिषद् र केन्द्रहरूलाई निःशर्त बाहेकका अनुदान रकम खर्च नभएमा तत्काल सरकारलाई फिर्ता पठाउन आग्रह गरेको हो।
डाक्टर उपभोक्ता अदालतअन्तर्गत ल्याउने विषयमा चिकित्सा क्षेत्रमा बहस चर्कियो
शनिबार, असार १४, २०८२
उपभोक्ता अदालतले हालै चिकित्सा लापरबाहीसम्बन्धी मुद्दामा अस्पताल र चिकित्सकहरूलाई क्षतिपूर्ति तिर्न आदेश दिएपछि चिकित्सा क्षेत्रमा बहस चर्किएको छ। अदालतले उपचारका क्रममा गल्ती भएको भन्दै लाखौँ रुपैयाँ क्षतिपूर्तिको फैसला गरेसँगै ‘चिकित्सकहरू उपभोक्ता अदालतको दायरामा पर्नु उचित हो कि होइन?’ भन्ने विषयमा पक्ष–विपक्षको तर्क सतहमा आएको छ।
एसईई नतिजा सार्वजनिक, चित्त नबुझेका विद्यार्थीले असार २३ भित्र पुनर्योगको लागि आवेदन दिन सक्ने
शुक्रबार, असार १३, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकपछि परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले नतिजा सार्वजनिक गरेको हो।
डेंगी संक्रमणको जोखिम उच्च: वेलैमा सावधानी अपनाउनुको विकल्प छैन
शुक्रबार, असार १३, २०८२
वर्षायाम सुरु भएसँगै देशभर डेंगी संक्रमणको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण नियन्त्रण गर्न सर्तकता अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ। डेंगी एडिस एजिप्टाई नामक मच्छरको टोकाइबाट सर्ने भाइरल रोग हो, जसले उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, बान्ता र रगत जम्ने समस्या उत्पन्न...
ग्राण्डी अस्पताल र चिकित्सकलाई लापरवाहीको मुद्दामा ५७ लाख क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतकाे आदेश
शुक्रबार, असार १३, २०८२
उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै ग्राण्डी सिटी अस्पताल र एक चिकित्सकलाई संयुक्त रूपमा ५७ लाखभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा महँगो परामर्शदाता नियुक्ति, करोडौंको अनियमितता खुलासा
शुक्रबार, असार १३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत परामर्शदाता नियुक्तिमा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले सरकारको वैदेशिक ऋणबाट सञ्चालित कार्यक्रममा लाखौं तलब दिने गरी परामर्शदाता नियुक्त गरिएको र राज्यको ढुकुटीमा करोडौंको भार परेको उल्लेख गरेको छ।
संक्रमण फैलाउने ५५ रोगलाई सरकारले घोषणा गर्यो, अब निगरानी र नियन्त्रण कडा गरिने
शुक्रबार, असार १३, २०८२
नेपाल सरकारले हालै संक्रामक रोगको रुपमा चिनिएका ५५ रोगहरूको नयाँ सूची सार्वजनिक गरेको छ। जनस्वास्थ्य ऐन, २०७५ को व्यवस्था अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रमार्फत ती रोगहरूलाई संक्रामक रोगको सूचीमा सूचीकृत गरेको हो।
जलवायु परिवर्तनसँगै नेपालमा डेंगुको जोखिम वर्षभरि, पहाडी जिल्लासमेत चपेटामा
शुक्रबार, असार १३, २०८२
जलवायु परिवर्तनको प्रत्यक्ष असरस्वरूप नेपालमा डेंगु संक्रमण वर्षभरि देखिन थालेको छ। पहिले गर्मीयाम वा वर्षायाममा सीमित देखिने डेंगु अहिले देशका अधिकांश भागमा निरन्तर फैलिने रोगका रूपमा देखिन थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन्।
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्य प्रणालीमा जोड
शुक्रबार, असार १३, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न राष्ट्रसंघीय एशिया–प्रशान्त क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै डिजिटल स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि र आगामी योजनाबारे जानकारी दिएका छन्।
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश
शुक्रबार, असार १३, २०८२
उपभोक्ता हित संरक्षण अदालत, काठमाडौंले राजधानीको गंगबुस्थित हिमाल अस्पताल र बालरोग विशेषज्ञ डा. जयदेव यादवलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतले चिकित्सकीय लापरवाहीका कारण दुई वर्षीया बालिकाको मृत्यु भएको ठहर गर्दै अस्पताल र चिकित्सकलाई संयुक्तरूपमा क्षतिपूर्ति तिराउन आदेश दिएको हो।
खर्च नभएको अनुदान रकम फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, असार १३, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च नभएको अनुदान रकम सम्बन्धित सबै निकायलाई फिर्ता गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड, परिषद् र केन्द्रहरूलाई निःशर्त बाहेकका अनुदान रकम खर्च नभएमा तत्काल सरकारलाई फिर्ता पठाउन आग्रह गरेको हो।
साताको लोकप्रीय


