
काठमाडौं, असार १३ – नेपाल सरकारले हालै संक्रामक रोगको रुपमा चिनिएका ५५ रोगहरूको नयाँ सूची सार्वजनिक गरेको छ। जनस्वास्थ्य ऐन, २०७५ को व्यवस्था अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रमार्फत ती रोगहरूलाई संक्रामक रोगको सूचीमा सूचीकृत गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार यस्ता रोगहरू ती हुन् जसले तीव्र गतिमा व्यक्ति–व्यक्तिबीच सर्ने खतरा रहन्छ र जुन समयमै नियन्त्रण नगरिए महामारीका रूपमा फैलिन सक्छन्।
यसअघि ५२ वटा रोगलाई मात्र संक्रामक मानेर कार्य गरिँदै आएको थियो। तर हालका वर्षहरूमा देखिएका नयाँ खालका संक्रमणहरू, विशेषगरी भाइरल प्रकृतिका रोगहरूलाई समेत समेटेर सूची पुनःसंशोधन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार, नयाँ सूचीमा खसरा, पोलियो, डेंगु, चिकुनगुनिया, मंसीरोग, टाइफाइड, हैजा, कोभिड–१९ लगायत पुराना र नयाँ दुवै प्रकारका संक्रमणलाई समावेश गरिएको छ। साथै पशुबाट सर्ने रोगहरू, यौनमार्गबाट सर्ने रोगहरू र हावाबाट सर्ने भाइरससमेत सूचीमा राखिएको छ।
संक्रमक रोग घोषणा भएपछि के हुन्छ?
सूचीकृत रोगहरूमाथि अब स्वास्थ्य निकायले विशेष निगरानी, तथ्यांक संकलन, समयमै प्रतिवेदन तथा अनिवार्य उपचारको पहल गर्नुपर्नेछ। सार्वजनिक तथा निजी अस्पताल, प्रयोगशाला, स्वास्थ्यकर्मीहरूले यस्ता रोग देखिएमा नजिकको स्वास्थ्य कार्यालयमा अनिवार्य रूपमा जानकारी गराउनु पर्नेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ सूचीसँगै जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पनि तीव्र निगरानी प्रणाली अझ सशक्त बनाउन निर्देशन दिइसकेको छ।
संक्रमण फैलिन नदिन स्थानीय तह सक्रिय
संक्रमक रोगको सूचीमा परेका संक्रमणहरू प्रायः वर्षायाम, गर्मीयाम वा बाढीपहिरोको मौसममा तीव्ररूपमा फैलिने भएकाले स्थानीय तहलाई सक्रिय हुन भनिएको छ। विशेषगरी डेंगु, झाडापखाला, र हैजाको जोखिम उच्च हुने भएकाले जनचेतनामूलक अभियान पनि सञ्चालन गरिने मन्त्रालयको भनाइ छ। सरकारले संक्रामक रोगहरूको अद्यावधिक सूची प्रकाशित गरेपछि रोगको पहिचान, उपचार र रोकथाममा थप स्पष्टता र प्राथमिकता मिल्ने विश्वास गरिएको छ।
सूचीमा समेटिएका केही प्रमुख रोगहरू: