चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको सूची सार्वजनिक- पाटनमा १०, बिपीमा १३, कर्णालीमा १४ र सबै भन्दा धेरै पोखरामा १७ जना गरी जम्मा ५५ जनाको आवेदन (सूचीसहित)

ललितपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका आवेदकको नाम सिफारिस समितिले मंगलबार सूची सार्वजनिक गरेको छ।
गत बुधबार समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन सूचना सार्वजनिक गरेको थियो । सोही अनुसार समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाको आवेदन परेको बताएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै भन्दा धेरै १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना, पाटनमा १० र बीपी कोइराला धरानमा १३ जनाले आवेदन दर्ता गरेका छन्।
चार वटै प्रतिष्ठानका आबेदनहरुको सूचि
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय