कञ्चनपुरमा डेंगु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट गर्ने अभियान सुरु
बिहीबार, असार २६, २०८२
स्वास्थ्य मन्त्रालयमा दरबन्दी समायोजनबारे छलफल सुरु, सरोकारवालाको सुझावमा पुनरावलोकन हुने
बिहीबार, असार २६, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै प्रस्ताव गरिएको दरबन्दी संरचनालाई लिएर उठेको विवादपछि सरोकारवालासँग छलफल सुरु गरेको छ। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका आधारमा तयार गरिएको नयाँ संरचनालाई लिएर मन्त्रालयमा व्यापक असन्तुष्टि देखिएपछि सोमबार मन्त्रालयमा विभिन्न स्वास्थ्य संघ–संस्था, पेशागत संगठन र सरोकारवाला निकायसँग बैठक गरिएको हो।
स्वास्थ्य बीमा बोर्डको नियुक्तिमा डाक्टरहरूको अस्वीकार : प्रणालीमै सुधारको माग
बिहीबार, असार २६, २०८२
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले देशभरबाट १८० जना मेडिकल अफिसर नियुक्त गर्ने निर्णय गरे पनि तीमध्ये १५० जना चिकित्सकले नियुक्ति लिन अस्वीकार गरेका छन्। उनीहरूले तोकिएको कार्यशर्त अव्यवहारिक भएको भन्दै नियुक्तिपत्र नबुझी आफूलाई अलग राखेका हुन्।
७३ जिल्लामा फैलियो डेंगु, संक्रमितको संख्या १८ सय नाघ्यो
बिहीबार, असार २६, २०८२
मुलुकभर डेंगु संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो एक महिनाको तथ्यांकअनुसार देशका ७३ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् भने संक्रमितको संख्या १८ सय नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म १,८६९ जना नागरिकमा डेंगु संक्रमण पुष्टि भइसकेको छ। संक्रमण तीव्र गतिमा फैलिरहेकाले सावधानी अपनाउन...
केरवानी स्वास्थ्य चौकी उत्कृष्ट सेवा प्रदायकका रूपमा घोषित, न्यूनतम सेवा मापदण्डमा ९३ अंक
बुधबार, असार २५, २०८२
रुपन्देहीको देवदह नगरपालिका-२ मा अवस्थित केरवानी स्वास्थ्य चौकी आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट सेवा प्रवाह गर्ने संस्थाको रूपमा ९३ अंक प्राप्त गर्दै पहिलो स्थानमा परेको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न न्यूनतम सेवा मापदण्ड पारस्परिक अवलोकन भ्रमण कार्यक्रममा उक्त उपलब्धि सार्वजनिक गरिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताद्वारा स्वास्थ्य सन्देश टिसर्ट कुकुरलाई लगाइएको तस्बिरमाथि आलोचना, कानुनी र नैतिक प्रश्न उठे
बुधबार, असार २५, २०८२
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कुकुरलाई स्वास्थ्य सन्देशयुक्त टिसर्ट लगाएको तस्बिर सार्वजनिक भएपछि तीव्र आलोचना भएको छ। मन्त्रालयजस्तो संवेदनशील सरकारी निकायका प्रवक्ताबाट यस्तो कार्य हुनु संस्थागत गरिमा र प्रतीकको अपमान भएको टिप्पणी गर्दै विज्ञ, कानुनविद् र सर्वसाधारणले आ-आफ्ना धारणा सार्वजनिक गरेका छन्।
प्रथम श्रेणीका कर्मचारीका लागि तालिममा सहभागिता सम्बन्धी मन्त्रालयको अनुरोध
बुधबार, असार २५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव तथा सो सरहका कर्मचारीहरूलाई सेडप (CEDPA) तालिममा सहभागी गराउन मनोनयन दिन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
कर्णालीमा स्वास्थ्यकर्मी बढेपनि सुधारिएन स्वास्थ्य सूचक, मन्त्री भण्डारीको टिप्पणी
बुधबार, असार २५, २०८२
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा स्वास्थ्य जनशक्ति विस्तार भएपनि अपेक्षित स्वास्थ्य सूचकहरूमा सुधार आउन नसकेको बताएका छन्। बुधबार सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वास्थ्य क्षेत्रमा देखिएका संरचनागत र प्रशासनिक चुनौतीप्रति चिन्ता व्यक्त गरे।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा पूर्वखोला गाउँपालिकाको कडाइ, स्थानीय ऐन कार्यान्वयनमा जोड
बुधबार, असार २५, २०८२
सुर्तीजन्य पदार्थको प्रयोग र विक्रीवितरणमा नियन्त्रणका लागि पाल्पाको पूर्वखोला गाउँपालिकाले कडा कदम चालेको छ। मंगलबार सार्वजनिक गरिएको अनुरोध पत्रमार्फत पालिकाले आफ्नै स्थानीय ऐन अनुसार सुर्तीजन्य पदार्थको कारोबार र प्रयोगमा पूर्णरूपेण निषेध गरिएको जनाएको छ।
कर्णालीमा स्वास्थ्य र सामाजिक सेवा संरचना एकीकरणको सिफारिस, जिल्लास्तरको कार्यालय खारेज गर्ने तयारी
बुधबार, असार २५, २०८२
कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा प्रणालीमा सुधार गर्न नयाँ संरचनागत प्रस्ताव अघि सारेको छ। हालै सार्वजनिक गरिएको एक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई एकै संरचनामा समेटी "स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय" बनाउने सिफारिस गरिएको छ।
बागमती प्रदेशका ६ अस्पतालमा डायलासिस सेवा विस्तार, १६ नयाँ मेसिन जडान
बुधबार, असार २५, २०८२
मिर्गौला रोगका बिरामीका लागि राहत हुने गरी बागमती प्रदेशका विभिन्न सरकारी अस्पतालमा १६ थान नयाँ डायलासिस मेसिन जडान गरिएको छ। यससँगै अब प्रदेश भित्रै बिरामीले नियमित डायलासिस सेवा पाउने भएका छन्।
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनेलाई ‘हेल्थ अवार्ड २०८२’ को लागि आवेदन खुला
बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमा रकम दोब्बर, अब बिरामीले पाउनेछन २ लाख रुपैयाँको सेवा
बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई अब २ लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा रकम दोब्बर गर्ने निर्णय गरेसँगै नागरिकलाई केही राहत हुने विश्वास गरिएको छ।
साताको लोकप्रीय


