Swasthya Awaj
संघीय अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य: स्वास्थ्य मन्त्रालयको नयाँ निर्णय

काठमाडौं, असार २६- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालमा मेडिकल उपकरणको अवस्थाबारे अनिवार्य अडिट गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार, अस्पतालहरूमा रहेका उपकरणहरूको स्थिति र मर्मतसम्भारको अभिलेख व्यवस्थापनमा सुधार ल्याउन यो कदम चालिएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा थन्किएका र बिग्रिएका उपकरणहरूको मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिइएको थियो। यस क्रममा थुप्रै सामान्य मर्मत गर्न सकिने उपकरण बिग्रिएर थन्किएको पाइयो। उदाहरणका लागि, झण्डै २४ करोड रुपैयाँ मूल्यका उपकरणलाई २३ लाख रुपैयाँमा मर्मत गरिएको थियो।

TB

मन्त्रालयका गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्माका अनुसार, मेडिकल उपकरणको अडिटले उपकरणको स्थिति पहिचान, मर्मत आवश्यकताको मूल्याङ्कन र स्टक व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

यस निर्णयले अस्पतालहरूमा थन्किएका उपकरणहरूको पुनः उपयोग र मर्मतमा ध्यान दिने मात्र नभई, नयाँ उपकरण खरिदमा हुने अनावश्यक खर्चमा पनि कमी ल्याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update