
काठमाडौं, असार २५- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव तथा सो सरहका कर्मचारीहरूलाई सेडप (CEDPA) तालिममा सहभागी गराउन मनोनयन दिन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशनका आधारमा मन्त्रालयले मातहतका सबै विभाग, महाशाखा, संघीय तथा प्रादेशिक अस्पताल, निकाय तथा कार्यालयहरूलाई तोकिएको ढाँचामा प्रशिक्षार्थीको विवरण पठाउन अनुरोध गरेको हो।
तालिममा सहभागी हुन इच्छुक कर्मचारीहरूले आवश्यक विवरणसहितको मनोनयन फाराम आन्तरिक प्रशासन शाखा वा मन्त्रालयको इमेल [email protected] मा २०८२ साल असार २७ गतेभित्र पठाइसक्नुपर्नेछ।
तालिमले कर्मचारीको दक्षता अभिवृद्धि, कार्यकुशलता विकास र अनुभव साटासाटमा योगदान पुर्याउने मन्त्रालयको विश्वास छ।
यस सम्बन्धमा विस्तृत जानकारी तथा आवश्यक कागजात मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको छ।