चिकित्सक सेवा र उपभोक्ता अदालतः कानुनी विवाद र स्वास्थ्य सेवामा प्रभाव
सोमबार, असार २३, २०८२
स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थ मन्त्रालयको कडाइ, ६ बुँदामा स्पष्ट जवाफ माग
सोमबार, असार २३, २०८२
संघीय अस्पताल, प्रतिष्ठान, तथा मन्त्रालय मातहतका निकायहरूमा थप दरबन्दीको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार गर्दै स्वास्थ्य मन्त्रालयलाई फिर्ता गरेको छ। दरबन्दी थप गर्दा नीति, कार्यक्षमता र खर्च व्यवस्थापनबारे पर्याप्त स्पष्टता नआएको भन्दै अर्थ मन्त्रालयले ६ बुँदामा थप जानकारी माग गरेको हो।
पिसिएल नर्सिङमा १९ प्रतिशत मात्र उत्तीर्ण, शिक्षा प्रणालीमा सुधार आवश्यक
आइतबार, असार २२, २०८२
स्वास्थ्य सेवा क्षेत्रमा कार्य गर्न कानुनी रुपमा अनिवार्य नर्सिङ लाइसेन्स परीक्षा पछिल्लो पटक पनि निराशाजनक नतिजासहित सम्पन्न भएको छ। परीक्षामा सहभागीमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थी असफल भएका छन्, जसले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्तिको अभाव झनै चर्किने संकेत देखिएको छ।
अमेरिकी स्वास्थ्य सहयोग कटौतीले विश्वव्यापी संकट निम्त्याउने खतरा, नेपाल पनि उच्च जोखिममा
आइतबार, असार २२, २०८२
हालै विश्वस्तरीय चिकित्सा जर्नल द ल्यान्सेट मा प्रकाशित एक अध्ययनले गम्भीर चेतावनी दिएको छ: यदि अमेरिका लगायतका देशहरूले विकासशील राष्ट्रहरूलाई दिइँदै आएको स्वास्थ्य सहायता कटौती गरे, सन् २०३० सम्ममा globally एक करोड ४० लाख मानिसको अकालमा मृत्यु हुन सक्छ। तीमध्ये पाँच वर्षमुनिका करिब ४५ लाख बालबालिका रहने अनुमान गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तनावपूर्ण अवस्था
शुक्रबार, असार २०, २०८२
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन आएकी एक युवतीको अप्रत्याशित निधन भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। शुक्रबार बिहान करिब ४ बजे घोराही उपमहानगरपालिका-१८ की २१ वर्षीया गुड्डी सुनारलाई प्रसूति सेवाका लागि भर्ना गरिएको थियो।
अदालती आदेश विरुद्ध चिकित्सक संघले घोषणा गर्यो चरणवद्ध आन्दोलन, स्वास्थ्य सेवा प्रभावित हुने संकेत
शुक्रबार, असार २०, २०८२
चिकित्सक समुदाय फेरि एकपटक आन्दोलित बनेको छ। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीविरुद्ध उच्च अदालत पाटनले अवहेलना मुद्दा अघि बढाउने आदेश दिएपछि संघले त्यसको विरोधमा देशव्यापी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
फ्याटी लिभर कति खतरनाक ? कारण, लक्षण, तह र उपचारबारे जान्नैपर्ने तथ्यहरू
शुक्रबार, असार २०, २०८२
फ्याटी लिभर हालका दिनहरूमा कलेजोसम्बन्धी समस्यामध्ये सबैभन्दा सामान्य हुँदै गएको रोग हो। जीवनशैलीमा आएको परिवर्तन, असन्तुलित खानपान, शारीरिक निष्क्रियता, मोटोपना, रक्सी सेवनजस्ता कारणले गर्दा कलेजोमा बोसो जम्मा हुने समस्या दिनानुदिन बढ्दो छ।
वर्षायामसँगै फैलिन थाल्यो 'नैरोबी फ्लाइ' संक्रमण, सतर्क रहन चिकित्सकको सुझाव
शुक्रबार, असार २०, २०८२
पछिल्ला केही वर्षयता नेपालका विभिन्न भूभागमा ‘नैरोबी फ्लाइ’ नामक किराको संक्रमण देखा पर्न थालेको छ । विशेषगरी गर्मी तथा वर्षायामसँगै यो किराको संक्रमण दर तीव्र हुने गरेको पाइएको छ । सामान्य देखिने यो किराको छालामा विषाक्त प्रभाव पर्ने हुँदा सावधानी नअपनाएमा गम्भीर छालाजन्य समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार, वीर अस्पतालबाट डिस्चार्ज
शुक्रबार, असार २०, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। गत शनिबार ज्वरोका कारण अस्पताल भर्ना गरिएका मन्त्री पौडेलको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।
साताको लोकप्रीय


