Swasthya Awaj
छ वर्षसम्म छाउगोठमा बसेका वृद्धको कुष्ठरोग नभएको पुष्टि, एम्बुलेन्समार्फत उद्धार
छ वर्षसम्म छाउगोठमा बसेका वृद्धको कुष्ठरोग नभएको पुष्टि, एम्बुलेन्समार्फत उद्धार हुम्लाको सिमकोट गाउँपालिका-८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीलाई छ वर्षपछि छाउगोठबाट उद्धार गरिएको छ। कुष्ठरोगको आशङ्कामा समाजबाट अलग गरिएका कामीको हाल जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।
बालबालिकाको क्यान्सर उपचारमा म्याक्स फाउन्डेसनको सहयोग: सरकारले चार अस्पतालबाट निःशुल्क सेवा सुरु गर्दै
बालबालिकाको क्यान्सर उपचारमा म्याक्स फाउन्डेसनको सहयोग: सरकारले चार अस्पतालबाट निःशुल्क सेवा सुरु गर्दै अब क्यान्सरको आशंका भएका बालबालिकाको प्रारम्भिक परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आर्थिक बोझ कम हुँदै जानेछ। सरकार र म्याक्स फाउन्डेसनबीचको सहकार्यपछि बाल क्यान्सर स्क्रिनिङ, परीक्षण तथा औषधि आपूर्ति कार्यमा थप सहजता ल्याइने भएको हो।
तिलगङ्गा नेत्र विश्वविद्यालयको विधेयक प्रतिनिधिसभाबाट पारित, नेपाल नेत्र स्वास्थ्य हब बन्दै
तिलगङ्गा नेत्र विश्वविद्यालयको विधेयक प्रतिनिधिसभाबाट पारित, नेपाल नेत्र स्वास्थ्य हब बन्दै नेत्र उपचार र अनुसन्धानमा अग्रणी मानिने तिलगङ्गा संस्थालाई विश्वविद्यालयको मान्यता दिन प्रस्ताव गरिएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। "तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१" लाई शुक्रबार संसदको बैठकले सर्वसम्मत समर्थनका साथ स्वीकृति दिएको हो।
डिजिटल स्वास्थ्य र जलवायु संकट: मन्त्री पौडेलको बोआओ फोरममा सन्देश
डिजिटल स्वास्थ्य र जलवायु संकट: मन्त्री पौडेलको बोआओ फोरममा सन्देश  नेपालले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभावलाई विश्वस्तरमा उजागर गर्ने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चीनको हाइनानमा सम्पन्न ‘एसिया स्वास्थ्य फोरम २०२५’ मा सम्बोधन गर्दै यस विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।
नक्कली औषधि बिक्री प्रकरण : विभागले अगाडि बढायो छानबिन प्रक्रिया
नक्कली औषधि बिक्री प्रकरण : विभागले अगाडि बढायो छानबिन प्रक्रिया अनलाइनमार्फत नक्कली औषधि उत्पादन र बिक्री भइरहेको सूचनापछि औषधि व्यवस्था विभागले छानबिन तीव्र पारेको छ। काठमाडौंको नागार्जुन क्षेत्रमा संचालित एउटा औषधि पसलमा छापा मार्दा मोटोपन घटाउने, मदिराको लत छुटाउने, थाइराइड र यौन क्षमता बढाउनेजस्ता विभिन्न नक्कली औषधिहरू फेला परेका छन्।
चिकित्सक संघको दबाबपछि समितिबाट उपभोक्ता ऐन संशोधन प्रतिवेदन बुझाइयो
चिकित्सक संघको दबाबपछि समितिबाट उपभोक्ता ऐन संशोधन प्रतिवेदन बुझाइयो उपभोक्ता संरक्षण ऐन २०७५ संशोधन सम्बन्धी विवाद चुलिँदै गएपछि सरकारले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ। नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै आन्दोलनको चेतावनी दिएपछि समितिले आफ्नो सुझावसहितको प्रतिवेदन बुझाएको हो।
Weather Update