स्वास्थ्य बीमा मार्फत सरकारी सहायता उपलब्ध गराउने तयारी, सुझाव दिन मन्त्री पौडेलद्वारा समिति गठन
बिहीबार, साउन ९, २०८२
विपन्न नागरिकका लागि प्रदान गरिँदै आएको सरकारी उपचार सहायतालाई अब स्वास्थ्य बीमा प्रणालीमार्फत एकीकृत रूपमा उपलब्ध गराउने तयारी थालिएको छ। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक विज्ञ समिति गठन गरेका छन्।
सहमति कार्यान्वयनमा ढिलाइ : नेपाल चिकित्सक संघको सरकारलाई चेतावनी
बिहीबार, साउन ९, २०८२
नेपाल चिकित्सक संघले उपभोक्ता संरक्षण ऐनको संशोधनका लागि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। सोमबार संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सहमतिअनुसार कार्यदलले सात दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्ने भनिए पनि हालसम्म ठोस प्रगति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।
डेंगु र कोरोना संक्रमण सँगसँगै फैलिँदै, सावधानी नअपनाए ठूलो संकट आउन सक्ने विशेषज्ञहरूको चेतावनी
बुधबार, साउन ८, २०८२
नेपालमा डेंगु र कोरोना संक्रमण सँगसँगै तीव्र रूपमा फैलिन थालेको छ। साउनको सुरुआतसँगै यी दुई रोगको संक्रमण दर एकसाथ बढ्दै गएको देखिन्छ। पछिल्लो एक सातामा मात्रै देशभर १५७ जनामा डेंगु र २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखराको एक निजी अस्पतालमा एक संक्रमितको ज्यान गएको समेत पुष्टि भएको छ।
साउनसँगै देशभर डेंगु संक्रमणको उच्च जोखिम, एक सातामै १५७ नयाँ बिरामी
बुधबार, साउन ८, २०८२
नेपालमा साउनको सुरुआतसँगै डेंगु संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार पछिल्लो एक सातामा मात्रै १५७ जना नयाँ संक्रमित थपिएका छन् भने हालसम्म २ हजार २१३ जनामा संक्रमण पुष्टि भइसकेको छ।
साताको लोकप्रीय


