Swasthya Awaj
स्वास्थ्य मन्त्रीको अभिव्यक्तिपछि तीव्र आलोचना: “गर्मीमा शितल, जाडोमा घाम ताप्ने” टिप्पणीले स्वास्थ्यकर्मीको मनोबल गिरायो
स्वास्थ्य मन्त्रीको अभिव्यक्तिपछि तीव्र आलोचना: “गर्मीमा शितल, जाडोमा घाम ताप्ने” टिप्पणीले स्वास्थ्यकर्मीको मनोबल गिरायो देशका विभिन्न जिल्लामा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीप्रति स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सार्वजनिकरूपमा दिएको अभिव्यक्तिपछि स्वास्थ्य क्षेत्रको वातावरण तनावग्रस्त बनेको छ। नवलपुरको गैडाकोटमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले “गर्मीमा शितल, जाडोमा घाम ताप्ने” शैलीमा स्वास्थ्यकर्मीको आलोचना गरेपछि चर्को विरोध सुरु भएको हो।
चितवनमा तीन महिनामा झण्डै ३०० जना सर्पदंशका बिरामी, संक्रमितको संख्यामा वर्षासँगै वृद्धि
चितवनमा तीन महिनामा झण्डै ३०० जना सर्पदंशका बिरामी, संक्रमितको संख्यामा वर्षासँगै वृद्धि चितवनस्थित भरतपुर अस्पतालमा पछिल्लो तीन महिनाको अवधिमा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। वर्षायाम सुरु भएसँगै सर्पदंशका घटनामा उल्लेख्य वृद्धि देखिएको अस्पताल स्रोतले जनाएको छ।
डेङ्गीका कारण सुर्खेतमा चार जनाको ज्यान गयो, तीन नगरपालिका उच्च जोखिममा
डेङ्गीका कारण सुर्खेतमा चार जनाको ज्यान गयो, तीन नगरपालिका उच्च जोखिममा सुर्खेत जिल्लामा डेंगु संक्रमणको दर बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र जिल्लाभर एक हजार ८३७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा चार जनाको मृत्यु समेत भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।
नेपाल औषधि उत्पादक संघको महाधिवेशन साउन १९ गते काठमाडौंमा
नेपाल औषधि उत्पादक संघको महाधिवेशन साउन १९ गते काठमाडौंमा नेपाल औषधि उत्पादक संघको महाधिवेशन आगामी साउन १९ गते सोमबार राजधानी काठमाडौंमा हुने भएको छ। संघको हालै सम्पन्न कार्यसमिति बैठकले अधिवेशनको तयारी तीव्र बनाउने उद्देश्यले विभिन्न समितिहरू गठन गरेको जानकारी दिइएको छ।
स्वास्थ्य कार्यक्रमहरूमा डिप्लोमा र प्रमाणपत्र तहका लागि सीटीईभीटीले अनलाइन आवेदन खुला
स्वास्थ्य कार्यक्रमहरूमा डिप्लोमा र प्रमाणपत्र तहका लागि सीटीईभीटीले अनलाइन आवेदन खुला प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) अन्तर्गत सानोठिमी, भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहअन्तर्गत स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा पूर्ण शुल्कतर्फ भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ।
भदौभित्र स्वास्थ्य बीमाको सम्पूर्ण भुक्तानी हुने मन्त्रीको प्रतिबद्धता, अस्पताललाई राहत हुने अपेक्षा
भदौभित्र स्वास्थ्य बीमाको सम्पूर्ण भुक्तानी हुने मन्त्रीको प्रतिबद्धता, अस्पताललाई राहत हुने अपेक्षा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी भदौ महिनाभित्रै स्वास्थ्य बीमाको सम्पूर्ण दाबी भुक्तानी गरिने स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले हालसम्म करिब ८० प्रतिशत बीमा दाबी भुक्तानी भइसकेको र बाँकी रकम पनि भदौ भित्रै भुक्तानी गरिने गरी तयारी भइरहेको बताएका छन्।
स्वास्थ्य मन्त्री पौडेलले बालबालिकाको मधुमेह परीक्षण र उपचार निःशुल्क गर्ने तयारीको जानकारी दिए
स्वास्थ्य मन्त्री पौडेलले बालबालिकाको मधुमेह परीक्षण र उपचार निःशुल्क गर्ने तयारीको जानकारी दिए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क उपलब्ध गराउने योजना अघि बढाइरहेको बताएका छन्। उनले सातवटै प्रदेशमा यो सेवा विस्तार गर्ने तयारीमा रहेको बताए।
नयाँ कानुनको विरोधमा आन्दोलन: सुदूरपश्चिमका ८८ स्थानीय तहमा स्वास्थ्य सेवा ठप्प
नयाँ कानुनको विरोधमा आन्दोलन: सुदूरपश्चिमका ८८ स्थानीय तहमा स्वास्थ्य सेवा ठप्प सुदूरपश्चिम प्रदेशमा स्थानीय सरकारको नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन्।
किशोरी डिम्ब काण्ड: पाँच दिनमा प्रतिवेदन पेश गर्ने गरी समिति गठन
किशोरी डिम्ब काण्ड: पाँच दिनमा प्रतिवेदन पेश गर्ने गरी समिति गठन राजधानीमा सञ्चालित दुई इनभिट्रो फर्टिलाइजेसन (IVF) क्लिनिकहरूमा नाबालिग किशोरीहरूमार्फत डिम्ब संकलन गरिएको गम्भीर आरोप सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलको कार्यशैलीप्रति प्रश्न: विभिन्न मिडियामा देखिएका नकरात्मक खबरहरूले बढायो आलोचना
स्वास्थ्य मन्त्री प्रदिप पौडेलको कार्यशैलीप्रति प्रश्न: विभिन्न मिडियामा देखिएका नकरात्मक खबरहरूले बढायो आलोचना वर्तमान स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लिएर पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा नकरात्मक समाचारहरूको निरन्तरता बढ्दो छ। देशव्यापी रूपमा फैलिएका यी खबरहरूले मन्त्रीको कार्यकुशलता र नेतृत्व क्षमता माथि ठूलो प्रश्न उठाएको छ। राजनीतिक, प्रशासनिक र जनस्वास्थ्य क्षेत्रमा देखिएका समस्या र ढिलाइका कारण मन्त्री निकम्मा नै भएको भन्ने धारणा व्यापक हुँदै गएको...
काठमाडौंमा डेंगू संक्रमणको जोखिम उच्च: रोकथाममा चासो कम, खतरा बढ्दो
काठमाडौंमा डेंगू संक्रमणको जोखिम उच्च: रोकथाममा चासो कम, खतरा बढ्दो राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा डेंगू संक्रमणको जोखिम बढ्दो छ। विशेषगरी निरन्तरको वर्षा, फोहोरमैला व्यवस्थापनमा कमजोरी, र जनचेतनाको कमीका कारण काठमाडौं उपत्यकामा डेंगू संक्रमण तीव्र गतिमा फैलिन सक्ने विज्ञहरूको चेतावनी छ।
Weather Update