Swasthya Awaj
१६ वर्षीया किशोरीमाथि यौ*नदुराचार र गर्भ*पतनको आरोपमा चिकित्सक पक्राउ

बर्दिबास, २०८२ साउन ८- १६ वर्षीया किशोरीलाई जब*र्जस्ती करणी गरी गर्भ*पतन गराएको अभियोगमा महोत्तरी प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ परेका चिकित्सक बर्दिबासस्थित डीएन्बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय मिश्र थरका व्यक्ति हुन्।

पीडित किशोरीका परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिएपछि प्रहरीले उनलाई साउन ५ गते सोमबार नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा ती चिकित्सकमाथि बला*त्कारपश्चात १० हप्ताको गर्भ*पतन गराएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिएका छन्।

TB

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।

यस्तो संवेदनशील विषयमा प्रहरी प्रशासनले तत्काल कदम चालेको भए पनि किशोरीको सुरक्षासम्बन्धी चिन्ता र न्यायको अपेक्षा अझै टुङ्गिएको छैन। बालबालिकामाथि यौ*न अप*राधसम्बन्धी मुद्दामा कडा कारबाही हुने कानुनी व्यवस्था भए पनि स्वास्थ्य सेवामा कार्यरत व्यक्तिमाथि यस्तो गम्भीर आरोप लाग्नुले समाजमा नै चिन्ताको विषय बनेको छ।

प्रहरीले घटनामा संलग्न अन्य पक्षको संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान जारी राखेको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update