Swasthya Awaj
स्वास्थ्य मन्त्रालयमा वित्तीय अनुशासन र पारदर्शीताका लागि नयाँ कार्यविधि लागू
स्वास्थ्य मन्त्रालयमा वित्तीय अनुशासन र पारदर्शीताका लागि नयाँ कार्यविधि लागू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वित्तीय प्रणालीलाई थप पारदर्शी र उत्तरदायी बनाउन नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले यो कार्यविधि जारी गर्दै आन्तरिक आर्थिक सञ्चालन, बजेट व्यवस्थापन र खर्च अनुशासनमा सुधार ल्याउने उद्देश्य लिएको हो।
शिशुको ज्यान बचाएकी अनमी जानकीलाई स्वास्थ्य मन्त्रीको स्याबासी : ‘तपाईंजस्तो स्वास्थ्यकर्मी देशलाई आवश्यक छ’
शिशुको ज्यान बचाएकी अनमी जानकीलाई स्वास्थ्य मन्त्रीको स्याबासी : ‘तपाईंजस्तो स्वास्थ्यकर्मी देशलाई आवश्यक छ’ सिगास गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा कार्यरत अनमी जानकी पुजाराले ६ घण्टासम्म मुखबाट अक्सिजन दिएर नवजात शिशुको ज्यान बचाएकी छन्। उनको यो उदाहरणीय कार्यले राष्ट्रिय तहमा चर्चा पाएको छ।
भरतपुर अस्पतालमा घट्दो प्रसूति सेवा : सेवाको पहुँच विस्तार मुख्य कारण
भरतपुर अस्पतालमा घट्दो प्रसूति सेवा : सेवाको पहुँच विस्तार मुख्य कारण कहिले काँही एक वर्षमा १६ हजारसम्म गर्भवती महिलाले प्रसूति सेवा लिने भरतपुर अस्पतालमा अहिले त्यो संख्या घट्दो क्रममा देखिएको छ। परोपकार प्रसूतिगृहपछि दोस्रो ठूलो मातृस्वास्थ्य सेवा दिने सरकारी अस्पताल मानिने भरतपुर अस्पतालमा विगत तीन वर्षयता प्रसूति सेवाका लाभग्राही घट्दै गएका छन्।
सुदूरपश्चिममा सरकारी चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने, विशेषज्ञ क्लिनिकका लागि नयाँ मापदण्ड लागू
सुदूरपश्चिममा सरकारी चिकित्सकले अन्यत्र काम गर्न अनुमति लिनुपर्ने, विशेषज्ञ क्लिनिकका लागि नयाँ मापदण्ड लागू सुदूरपश्चिम प्रदेशमा कार्यरत सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अब कार्यालय समय बाहेक अन्यत्र काम गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत यसको कार्यान्वयन सुरु गर्दै परिपत्र जारी गरेको छ।
स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूको बक्यौता आगामी भदौभित्र भुक्तानी हुने : मन्त्री पौडेलको प्रतिबद्धता
स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूको बक्यौता आगामी भदौभित्र भुक्तानी हुने : मन्त्री पौडेलको प्रतिबद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा सूचीकृत अस्पतालहरूले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी (बक्यौता) रकम आगामी भदौ महिनाभित्र फरफारक गरिने स्पष्ट पारेका छन्।
Weather Update