चिकित्सक संघको आन्दोलन आज तेस्रो चरणमा, देशभर आकस्मिकबाहेकका सेवा बन्द
सोमबार, असार २३, २०८२
वर्षायामसँगै फैलिन थाल्यो 'नैरोबी फ्लाइ' संक्रमण, सतर्क रहन चिकित्सकको सुझाव
शुक्रबार, असार २०, २०८२
पछिल्ला केही वर्षयता नेपालका विभिन्न भूभागमा ‘नैरोबी फ्लाइ’ नामक किराको संक्रमण देखा पर्न थालेको छ । विशेषगरी गर्मी तथा वर्षायामसँगै यो किराको संक्रमण दर तीव्र हुने गरेको पाइएको छ । सामान्य देखिने यो किराको छालामा विषाक्त प्रभाव पर्ने हुँदा सावधानी नअपनाएमा गम्भीर छालाजन्य समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।
अभिव्यक्तिको अधिकार कि अदालतको अवहेलना? डा. तिवारी प्रकरणमा 'म पनि सन्जिब तिवारी' अभियान सुरु
शुक्रबार, असार २०, २०८२
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीविरुद्ध उच्च अदालतले अवहेलना मुद्दा चलाउन आदेश दिएपछि चिकित्सक समुदायमा व्यापक प्रतिक्रिया चुलिएको छ । उपभोक्ता हित संरक्षण मञ्चको उजुरीका आधारमा उच्च अदालत पाटनले चिकित्सक तिवारीमाथि अवहेलना मुद्दा अघि बढाउने आदेश दिएको हो । सो आदेशपछि देशभरका चिकित्सकहरू डा. तिवारीको समर्थनमा उभिन थालेका छन् ...
महासचिव डा. सन्जिब तिवारीविरुद्ध अदालत अवहेलनाको मुद्दा दर्ता, सात दिनभित्र उपस्थित हुन आदेश
बिहीबार, असार १९, २०८२
नेपाल चिकित्सक संघका महासचिव तथा त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. सन्जिब तिवारीविरुद्ध उच्च अदालत पाटनमा अदालत अवहेलनाको मुद्दा दर्ता भएको छ। अदालतले डा. तिवारीलाई सात दिनभित्र आफैं उपस्थित भई कारण देखाउने आदेश दिएको छ।
फलामको पिँजडामा थुनिएको बालकको बाल्यकाल: गरिबी र उपचारको अभावले खुम्चिएको जिन्दगी
बिहीबार, असार १९, २०८२
एउटा झुपडी, एक आमा र एक बालक जसको जीवन सधैंभरि फलामको खोरभित्र सीमित छ। नाम हो पवन कुमाल, उमेर ११ वर्ष शारीरिक र मानसिक अशक्तताका कारण करिब डेढ वर्षदेखि उनी सडक छेउको एउटा फलामे खोरभित्र थुनिएर जीवन बिताइरहेका छन्। बालसुलभ हाँसो, स्कूल जाने रहर, साथीहरूसँग खेल्ने सपना सबै त्यो खोरभित्रै...
स्वास्थ्य मन्त्रालयलाई थाहा छैन आफ्ना कर्मचारी कति छन्: व्यवस्थापनमा देखिएको ठूलो कमजोरी
बिहीबार, असार १९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार आफ्ना मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूबाट कर्मचारी विवरण माग्ने गरेको भए पनि आफैंसँग मातहतको स्वास्थ्य सेवामा कति कर्मचारी छन् र कति दरबन्दी खाली छन् भन्ने यथार्थ तथ्यांक नभएको प्रष्ट भएको छ।
उपभोक्ता अदालतका फैसलाप्रति चिकित्सक संघको गम्भीर आपत्ति: प्रमाणबिना फैसला हुनु अन्यायपूर्ण
बिहीबार, असार १९, २०८२
उपभोक्ता अदालतले पछिल्ला दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध दिएको फैसलाप्रति राष्ट्रिय चिकित्सक संघ नेपालले गम्भीर आपत्ति जनाएको छ। संघले ठोस प्रमाण विना नै निर्णय सुनाइएका फैसलाहरूले चिकित्सा पेशामाथि अन्याय भएको भन्दै न्याय परिषद् समक्ष औपचारिक ध्यानाकर्षण गराएको छ।
सिस्नो: नेपाली डाँडामा उम्रने वनस्पति, स्वास्थ्यका लागि अमूल्य स्रोत
बुधबार, असार १८, २०८२
नेपाली डाँडाकाँडामा सजिलै उम्रने, झारसरह देखिने तर गहिरो औषधीय गुण भएको वनस्पति 'सिस्नो' (वैज्ञानिक नाम: Urtica dioica) पछिल्ला वर्षहरूमा घरेलु उपचार र पोषण विज्ञानका क्षेत्रमा विशेष चासोको विषय बनेको छ। पहाडी ग्रामीण समुदायमा परम्परागत रूपमा खाइँदै आएको सिस्नोलाई अब वैज्ञानिक ढंगले मूल्यांकन गरी यसको व्यावसायिक र औषधीय प्रयोगसमेत अगाडि सार्न...
बिरामीको पीडामाथि राज्यको मौनता, बीमा कार्यक्रमको अस्तित्व संकटमा
बुधबार, असार १८, २०८२
जनताको उपचार पहुँचलाई सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल गम्भीर संकटमा पुगेको छ । सुरुमा आशाजनक रूपमा अघि बढेको यो योजना हाल सरकारी उदासीनता, बक्यौता भुक्तानीको ढिलाइ, अस्पतालहरूसँगको असहयोग र दुरुपयोग रोक्ने संयन्त्रको अभावका कारण अस्तव्यस्त बन्दै गएको छ ।
साताको लोकप्रीय


