फार्मेसी सेवामै आन्दोलन, बीपी प्रतिष्ठानले केटीएम सर्भिसेजलाई कारबाहीको चेतावनी
                                सोमबार, साउन २०, २०८२
                            
                        
                                
                            
                                
                                        एपोन नेतृत्व चयनका लागि ६४ संस्थाले पाउनेछन् मताधिकार
                                    
                                
                                    सोमबार, साउन २०, २०८२
                                
                                
                                    नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१औँ वार्षिक साधारण सभा आज काठमाडौँमा हुँदैछ। यस सभाबाट संघको नयाँ १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। अध्यक्ष पदमा दुई उम्मेदवारसहित कुल १७ जनाको उम्मेदवारी परेको छ।
                            
                        
                                
                            
                                
                                        प्रधानमन्त्री ओलीद्वारा झापाको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन
                                    
                                
                                    शनिबार, असार २८, २०८२
                                
                                
                                    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ मा निर्माण सम्पन्न भएको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको औपचारिक रूपमा उद्घाटन गरेका छन्। नेपालकै पहिलो महिला प्रधानपञ्च स्व. भागीरथा न्यौपानेको नाममा स्थापना गरिएको यस अस्पताल १५ कठ्ठा जग्गामा निर्माण गरिएको हो। अस्पतालको निर्माण लागत करिब ६ करोड ५० लाख रुपैयाँ रहेको...
                            
                        
                                
                            
                                
                                        सङ्खुवासभाकाे खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, स्थानीय तहबाट स्वास्थ्य पूर्वाधारमा सार्थक पहल
                                    
                                
                                    बिहीबार, असार १९, २०८२
                                
                                
                                    खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। करिब तीन करोड ७३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नयाँ अस्पताल भवन अबदेखि स्थानीय बासिन्दालाई नियमित सेवा प्रदान गर्ने तयारीमा छ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्वरो आएपछि वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
                                    
                                
                                    आइतबार, असार १५, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल शनिबार साँझ अकस्मात अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएका छन्। ज्वरो, थकान र कमजोरीको समस्या देखिएपछि उनलाई तत्काल अस्पतालको वीआईपी कक्षमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
                            
                        
                                
                            
                                
                                        झापामा डेंगु संक्रमण बढेसँगै 'सर्च एण्ड डिस्ट्रोय' अभियान सुरु
                                    
                                
                                    शनिबार, असार १४, २०८२
                                
                                
                                    झापा जिल्लामा डेंगु संक्रमण फैलिन थालेपछि स्थानीय तहले मच्छर नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गरेका छन्। बिराटनगर उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा संचालन गरिएको अभियानमा मच्छरको लार्भा नष्ट गर्ने काम तीव्र पारिएको छ।
                            
                        
                                
                            
                                
                                        डाक्टर उपभोक्ता अदालतअन्तर्गत ल्याउने विषयमा चिकित्सा क्षेत्रमा बहस चर्कियो
                                    
                                
                                    शनिबार, असार १४, २०८२
                                
                                
                                    उपभोक्ता अदालतले हालै चिकित्सा लापरबाहीसम्बन्धी मुद्दामा अस्पताल र चिकित्सकहरूलाई क्षतिपूर्ति तिर्न आदेश दिएपछि चिकित्सा क्षेत्रमा बहस चर्किएको छ। अदालतले उपचारका क्रममा गल्ती भएको भन्दै लाखौँ रुपैयाँ क्षतिपूर्तिको फैसला गरेसँगै ‘चिकित्सकहरू उपभोक्ता अदालतको दायरामा पर्नु उचित हो कि होइन?’ भन्ने विषयमा पक्ष–विपक्षको तर्क सतहमा आएको छ।
                            
                        
                                
                            
                                
                                        नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार नाघ्यो, दातृ निकायको सहयोग घटेपछि रोकथाममा चुनौती
                                    
                                
                                    शुक्रबार, असार १३, २०८२
                                
                                
                                    नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार नाघेको छ भने रोकथामका उपायहरूमा गम्भीर संकट देखिएको छ। दातृ निकायहरूको सहयोगमा आएको कटौतीले संक्रमण नियन्त्रण अभियानमा अवरोध उत्पन्न गरेको सरोकारवालाहरूले बताएका छन्।
                            
                        
                                
                            
                                
                                        खर्च नभएको अनुदान रकम फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
                                    
                                
                                    शुक्रबार, असार १३, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च नभएको अनुदान रकम सम्बन्धित सबै निकायलाई फिर्ता गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड, परिषद् र केन्द्रहरूलाई निःशर्त बाहेकका अनुदान रकम खर्च नभएमा तत्काल सरकारलाई फिर्ता पठाउन आग्रह गरेको हो।
                            
                        
                                
                            
                                
                                        पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्दै
                                    
                                
                                    शुक्रबार, मंसिर ७, २०८१
                                
                                
                                    पदाधिकारीको स्वार्थ र राजनैतिक खिचातानीको शिकार बनेको मोरङको सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।विश्वविद्यालयको शिक्षण अस्पतालमा थप दरबन्दी कायम गर्न नसक्दा १८ जना चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्न बाध्य भएका हुन्...
                            
                        
                                
                            
                                
                                        बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी
                                    
                                
                                    शनिबार, कात्तिक १०, २०८१
                                
                                
                                    धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको प्रतिष्ठानका सह प्रवक्ता डा अभिजित कुमारले जानकारी दिए ।
                            
                        
            साताको लोकप्रीय
        
    
