Swasthya Awaj
हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा उपकरण थन्किए

हेटौँडाः हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल श्रोतका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण विशेषज्ञ चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् । 

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नहुँदा उपकरण थन्काउन बाध्य भएको अस्पतालको भनाई छ । मुटुरोग विशेषज्ञका लागि अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सको फाराम प¥यो तर उहाँको उमेर हद नाघेकोले नियुक्ति दिन प्रदेशको कार्यविधिले रोकेको अस्पतालको बनाई छ । 

रोटरी क्लब अफ मकवानपुरको समन्वयमा करिब आठ महिना अघि मुटुरोग सम्वन्धी करिब १ करोड लागतको उपकरण उपलब्ध गराइएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले बताएकाछन । उनले मुटुका रोगीलाई हेटौँडामा नै परीक्षण र उपचारमा सहज होस् भनेर उपकरण प्रदान गरिएको बताएका छन।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले अस्पतालमा मुटुको परीक्षणको व्यवस्था चाँडै मिलाइने बताए। उनले जनशक्ति अभावमा कतिपय उपकरण चाहेर पनि उपयोग गर्न नसकिएको उल्लेख गरेकाछन । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update