Swasthya Awaj
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ: रोटरी क्लब,ओकल्याण्ड क्यालिफोर्निया अमेरिकाको सहयोगमा जनस्वास्थ्य सरोकार ट्रस्ट (पीएचइसिटी) अन्तरगत सञ्चालित कीर्तिपुर अस्पताललाई महत्त्वपूर्ण स्वास्थ्य सामग्री एवं उपकरण निःशुल्क हस्तान्तरण गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अत्याधुनिक प्रविधिसहितका स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।

 

 

एचपिभी डिएनए टेस्ट ल्याब मेसिनका लागि आवश्यक पर्ने ९ सय ६० प्रति पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) अस्पताल सञ्चालन गरिरहेको ट्रस्टका अध्यक्ष डा.भरत प्रधानलाई हस्तान्तरण गरिएको हो । 

रोटरी क्लब, ओकल्याण्डका सदस्य ठमेल निवासी दिपमणि राजभण्डारीको संयोजनमा यो प्रयास सफल भएको हो ।  

ट्रस्टका जनस्वास्थ्य निर्देशक डा. शम्भु कुमार उपाध्यायले रोटरी ओकल्याण्ड र कार्यक्रमको संयोजनकर्ता  राजभण्डारीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याएर अस्पताललाई सहयोग हुने विश्वास व्यक्त गरे । संयोजक राजभण्डारीले केही महिनापछि अमेरिकाबाट रोटरियनहरु नेपाल भ्रमण गराएर स्थलगत अध्ययनपछि थप स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update