देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
शुक्रबार, वैशाख २१, २०८१
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
अनुमती नलिई संचालनमा रहेका तथा मापदण्ड बमोजिम संचालन नभएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
शुक्रबार, वैशाख २१, २०८१
मन्त्रालयले तोकिएको मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्था संचालकलाई प्रचलीत कानुन बमोजिम कारबाही गर्ने चेतावनीको परिपत्र गरेको छ ।
काठमाडौँ महानगरले स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्दै
शुक्रबार, वैशाख २१, २०८१
काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ। कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ। महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन्।
चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशक पद नियुक्ती प्रक्रियामा पाँच महिना देखि विवादमै
शुक्रबार, वैशाख २१, २०८१
नक्कली प्रमाणपत्र लिएको अभियोगमा स्वास्थ्यकर्मीमाथि मुद्दा दायर
शुक्रबार, वैशाख २१, २०८१
शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोपमा गल्याङ नगरपालिका स्याङ्जा अन्तर्गत सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको एस.एल.सी. तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा नक्कली रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।
चाँगुनारायण नगरपालिकाद्धारा वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक
बिहीबार, वैशाख २०, २०८१
चाँगुनारायण नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमका बीच वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गरिएको हो ।
भक्तपुर अस्पतालद्धारा नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु
मंगलबार, वैशाख १८, २०८१
भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । पुरानो भवन निकै साँघुरो भएपछि चार तले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा ल्याएको अस्पताल श्रोतले जनाएको छ ।
काठमाण्डौ अत्याधिक प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयद्धारा अनावश्यक घरबाहिर ननिस्कन आग्रह
आइतबार, वैशाख १६, २०८१
आइतबार स्वास्थ्य मन्त्रालयले बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य मास्क लगाउन समेत अनुरोध गरेको छ । मन्त्रालयले काठमाडौंमा अत्याधिक प्रदुषण बढेपछि अनावश्यक घरबाहिर ननिस्कन आग्रह गरेको हो ।
देशभरबाट आउने गरीव तथा अशक्त बिरामीको निःशुल्क उपचार गर्न काठमाडौँ महानगरले ४३ वटा अस्पतालको ३२३ शैया छुट्टायो
आइतबार, वैशाख १६, २०८१
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालका जुनसुकै पालिकाको भए पनि अशक्त र गरीब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् ।
साताको लोकप्रीय


