Swasthya Awaj
हटलेमन वीथ हनी, स्वास्थ्यका लागि हानिकारक

काठमाण्डौः महलाई तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक रहेको चिकित्सकहरुको भनाइ छ । होटल रेस्टुराँहरूमा तातोपानीमा कागती र मह मिसाएर खाने प्रचलन धेरै छ ।

तातोपानीमा मह र कागती मिसाएर खाँदा विशेषगरी छालाको समस्या हुने आयुर्वेद चिकित्सक डा. पुनम नेपालले जानकारी दिएकी छन । हटलेमन भन्ने धारणा नै गलत रहेको डा. नेपालको भनाई छ । 

औषधिका रूपमा तातोपानीमै मह मिसाएर खानु परेमा सेलाएर मनतातो भएपछि मात्र मह मिसाउन डा. पुनमको सुझाव छ । ‘तातोपानीसँग हामीले खानु नै पर्छ भने जहिले पनि उम्लेको पानीलाई सेलाएर त्यो मनतातो भएपछि मात्रै मह मिलाउने बानी गर्नुपर्छ’ । 

मौरीले विषालु फूलको रस समेत महका लागि जम्मा गर्ने भएकाले शुद्ध मह तातोपानीमा मिसाएर खाँदा नकारात्मक असर पर्ने डा. नेपालको भनाई छ । कतिपयले दशकौँ देखि तातोपानीमा मह मिसाएर खाँदा पनि कुनै असर देखिँदैन भने मह शुद्ध छैन भन्ने बुझ्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update