Swasthya Awaj
काठमाण्डौ अत्याधिक प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयद्धारा अनावश्यक घरबाहिर ननिस्कन आग्रह

काठमाण्डौः आइतबार स्वास्थ्य मन्त्रालयले बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य मास्क लगाउन समेत अनुरोध गरेको छ । मन्त्रालयले काठमाडौंमा अत्याधिक प्रदुषण बढेपछि अनावश्यक घरबाहिर ननिस्कन आग्रह गरेको हो । 

वर्ल्ड एयर क्वालिटी इन्डेक्स (एक्युआई)को वायु प्रदुषणको सूचीमा काठमाडौं बिश्वको तेस्रो स्थानमा छ । त्यही कारण मन्त्रालयले वायु प्रदुषणबाट जोगिनका लागि आग्रह गरेको हो । ‘वायु प्रदुषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर पु¥याउनका साथै दम क्यान्सर आदिको जोखिम पनि बढाउँछ,’ स्वास्थ्य मन्त्रालयले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘वायु प्रदुषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दैं बच्चा जन्मिुन पर्ने जोखिमसमेत हुन्छ ।’ 

मन्त्रालयका अनुसार नेपालमा वायु प्रदुषणबाट वर्षेनी हुने मृत्युमा बढी जसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र वृद्धवृद्धाहरुमा जोखिम उच्च छ । ‘वायु प्रदुषणबाट जोगिन बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, सकेसम्म अनावश्यक घर बाहिर ननिस्कने, यात्रा नगर्ने, अत्याधिक प्रदुषित क्षेत्रहरुबाट टाढा रहन अनुरोध गरेको छ । 


 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update