Swasthya Awaj
गर्भावस्थामा यसकारण गर्नुपर्छ थाइरोइड परीक्षण

थाइरोइड भनेको एउटा गन्थी हो। जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यो ग्रन्थीको काम थाइरोइड नामक हर्मोन उत्पादन गर्नु हो। उक्त ग्रन्थीले  टी , टी ४, तथा क्याल्सिटोनिन गरी ३ प्रकारको हर्माेन उत्पादन गर्छ। क्याल्सिटोनिन हर्माेनले रगतमा भएको क्याल्सियमको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड ग्रन्थीले निकाल्ने टी ३ र टी ४ हर्माेन शारीरिक तथा मानसिक स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छन्। उक्त हर्माेनको मात्रामा बढी वा कमी दुवै भएको अवस्थामा मानिसलाई रोग लाग्ने गर्छ। 
टी ३ र टी ४ को हर्माेनको मात्रा घटेको अवस्थामा शरीरमा टीएसएच हर्माेनको मात्रा उच्च हुन पुग्छ।

लक्षणहरु 
मानव दिमाखमा रहेको पिट्युटरी ग्रन्थीले टीएसएच हर्माेन उत्पादन गर्छ। जसलाई हाइपोथाइरोइडिजम भनिन्छ। विशेषगरी १५ देखि ४९ वर्ष उमेर समुहका तथा  महिनावारी सुकिसकेका महिलाहरुमा  हाइपोथाइरोडिजमको समस्या हुने गर्छ। 
–कपाल झर्ने
–शरीरको छाला सुख्खा हुने
–तौल बढ्ने
–महिनावारी गडबडी हुने
–बाँझोपन 
यस्ता अवस्थामा चिकित्सकले परीक्षण पश्चात् थाइरोक्सिन हर्माेन बढाउने औषधि दिने गर्छन्। 

गर्भावस्था, थाइरोइड र गर्भपात 
मानिसहरुको उपचारमा पहुँचका कारण पछिल्लो समय थाइरोइडको समस्या लिएर अस्पताल पुग्नेहरु बढ्दै गएको पाइन्छ। मानिसहरुमा स्वास्थ्य चेतना बढ्दै गएकोले परीक्षण संख्या बढ्दै जाँदा थाइरोइड हुने मानिसहरुको संख्या समेत बढ्दै गएको हो। 

गर्भावस्थामा थाइराइडको समस्यामा भएमा बच्चा खेर जाने तथा बच्चाको विकास राम्रोसँग हुन नसक्ने सम्भावना रहन्छ। त्यसैले गर्भावस्थामा थाइरोइड परीक्षण पछिल्लो समय अनिवार्य बनाइएको छ। 
त्यस्तै पछिल्लो समय तयारी खानेकुरा तथा जंग फुडको प्रयोगले पनि थाइरोइडको समस्या बढ्दै गएको छ। 
साथै विलासी जीवनशैलीका कारण पनि थाइरोइडको जोखिम दिनप्रति दिन बढ्दै गएको छ। 
धेरै मात्रामा महिलाहरुमा थाइरोइडको समस्या बढेपनि पुरुषहरुमा समेत यस प्रकारको समस्या देखिएको छ। थाइरोइड भनेको एउटा गन्थी हो। जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यो ग्रन्थीको काम थाइरोइड नामक हर्मोन उत्पादन गर्नु हो। उक्त ग्रन्थीले  टी , टी ४, तथा क्याल्सिटोनिन गरी ३ प्रकारको हर्माेन उत्पादन गर्छ। क्याल्सिटोनिन हर्माेनले रगतमा भएको क्याल्सियमको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड ग्रन्थीले निकाल्ने टी ३ र टी ४ हर्माेन शारीरिक तथा मानसिक स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छन्। उक्त हर्माेनको मात्रामा बढी वा कमी दुवै भएको अवस्थामा मानिसलाई रोग लाग्ने गर्छ। 
टी ३ र टी ४ को हर्माेनको मात्रा घटेको अवस्थामा शरीरमा टीएसएच हर्माेनको मात्रा उच्च हुन पुग्छ। 
लक्षणहरु 
मानव दिमाखमा रहेको पिट्युटरी ग्रन्थीले टीएसएच हर्माेन उत्पादन गर्छ। जसलाई हाइपोथाइरोइडिजम भनिन्छ। विशेषगरी १५ देखि ४९ वर्ष उमेर समुहका तथा  महिनावारी सुकिसकेका महिलाहरुमा  हाइपोथाइरोडिजमको समस्या हुने गर्छ। 
–कपाल झर्ने
–शरीरको छाला सुख्खा हुने
–तौल बढ्ने
–महिनावारी गडबडी हुने
–बाँझोपन 
यस्ता अवस्थामा चिकित्सकले परीक्षण पश्चात् थाइरोक्सिन हर्माेन बढाउने औषधि दिने गर्छन्।

गर्भावस्था, थाइरोइड र गर्भपात 
मानिसहरुको उपचारमा पहुँचका कारण पछिल्लो समय थाइरोइडको समस्या लिएर अस्पताल पुग्नेहरु बढ्दै गएको पाइन्छ। मानिसहरुमा स्वास्थ्य चेतना बढ्दै गएकोले परीक्षण संख्या बढ्दै जाँदा थाइरोइड हुने मानिसहरुको संख्या समेत बढ्दै गएको हो। गर्भावस्थामा थाइराइडको समस्यामा भएमा बच्चा खेर जाने तथा बच्चाको विकास राम्रोसँग हुन नसक्ने सम्भावना रहन्छ। त्यसैले गर्भावस्थामा थाइरोइड परीक्षण पछिल्लो समय अनिवार्य बनाइएको छ। 
त्यस्तै पछिल्लो समय तयारी खानेकुरा तथा जंग फुडको प्रयोगले पनि थाइरोइडको समस्या बढ्दै गएको छ। 
साथै विलासी जीवनशैलीका कारण पनि थाइरोइडको जोखिम दिनप्रति दिन बढ्दै गएको छ। 
धेरै मात्रामा महिलाहरुमा थाइरोइडको समस्या बढेपनि पुरुषहरुमा समेत यस प्रकारको समस्या देखिएको छ। 

उपचार विधि 
यसलाई हर्माेन रिप्लेसमेन्ट थेरापी तथा जीवनशैलीमा सुधार नै महत्वपूर्ण छ। बिरामीमा देखिएको लक्षणअनुसार चिकित्सकले उपचार विधि प्रयोग गर्छन्। 
थाइरोइडका बिरामीहरुका लागि कम्तीमा पनि २ वर्षको उपचार आवश्यक पर्ने जान्छ।  थाइरोइड भएका महिलाहरुले उपचार पश्चात् बच्चा जन्माउन सक्छन्। यद्यपि गर्भवती अवस्थामा चिकित्सकको विशेष निगरानीमा बस्नु आवश्यक हुन्छ। 
थाइरोइडका कारण मुटुमा समस्या हुने, मुटुको चालमा गडबडी हुने, कार्डियोम्यायोप्याथी, बाँझोपन लगायतका समस्यासमेत हुने भएकोले यसको समयमै उपचार गराउनुपर्ने हुन्छ। 

थाइरोइडको उपचार बिना नै बच्चा जन्मिएमा त्यस्ता बच्चाहरुमा जन्मजात रुपमा मुटुको समस्या हुने, हड्डीहरुको विकास सही रुपमा नहुने तथा विभिन्न प्रकारका शारीरिक समस्या भएका बच्चाहरु सम्भावना रहन्छ। 

बढ्दो सजगता
थाइरोइडको समस्या भएर उपचारका लागि आएका करिब ७०, ८० प्रतिशत बिरामीहरु रोगप्रति एकदमै सजग भएको मेरो उपचार अनुभव छ।  नियमित उपचारमा आउने बिरामीहरुले कस्तो खानेकुरा खाने, जीवनशैली कस्तो अपनाउने लगायतका कुराहरुमा समेत जिज्ञासा राखेको पाइन्छ। 
कतिपय बिरामीहरु आर्थिक अभाव, बसाइसराइ तथा कोही कसैलाई भने रोगको गम्भीरता बारे ज्ञान नहुँदा उपचार पुरा नगर्ने अवस्था पनि छ। पछिल्लो समय थाइराइडको उपचार सस्तो र सर्वसुलभ हुँदै गएको छ। हामीले स्वास्थ्य शिविर मार्फत् समेत धेरै बिरामीहरुको निःशुल्क उपचार समेत गरिरहेका छौं।  नेपालमा थाइरोइडका लागि भारतीय दुई तथा नेपाली एक गरी ३ कम्पनीहरुको औषधि बिक्री वितरण हुँदै आइरहेको छ। बेला–बेलामा ती औषधि उत्पादक कम्पनीहरुले समेत निशुल्क थाइराइडको परीक्षण बेला बेला गर्ने गरेका छन्।  ३ सयको औषधिले ३ महिनासम्म पुग्ने भएकोले मध्यम तथा निम्न वर्गका मानिसहरु समेत यसको उपचारको पहुँचभित्र रहेका छन्। स्वास्थ्य खवर 
रोकथाम 
तौल बढी भएका मानिसहरुले खानामा क्यालोरीको मात्रा घटाउने। 
खानामा गुलियोको मात्रा कम गर्ने।
शारीरिक अभ्यास गर्ने। 
खानामा आयोडिनको मात्रा समावेश गर्ने।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update