Swasthya Awaj
‘दक्षिण एशियामा क्यान्सरका कुल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर’
‘दक्षिण एशियामा क्यान्सरका कुल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर’ कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले आयोजना गरेको मुखको क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको ३०० शैयाको शिक्षण अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउनेः प्रधानमन्त्री
पूर्वाञ्चल विश्वविद्यालयको ३०० शैयाको शिक्षण अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउनेः प्रधानमन्त्री पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गरेका हुन् ।
खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भेटिए
खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भेटिए खोटाङमा ६० जना क्षयरोगका सङ्क्रमीत भेटिएका छन् । स्वास्थ्य कार्यालय खोटाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९।८० को प्रतिवेदन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८, हलेसी तुवाचुङ नगरपालिकामा १७, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छ, खोटेहाङ र ऐँसेलुखर्क गाउँपालिकामा पाँच/पाँच, केपिलासगढी गाउँपालिकामा तीन, रावाबेँसी र साकेला गाउँपालिकामा २।२ तथा जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा...
बर्दिया जिल्लामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविको छैन स्वास्थ्य विमा
बर्दिया जिल्लामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविको छैन स्वास्थ्य विमा बर्दिया जिल्लामा जम्मा ८ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् जसमध्ये २ सय ९९ जनाको मात्र स्वास्थ्य बिमा भएको छ । जम्मा महिला स्वास्थ्य स्वयंसेविकाको संख्यामा ६४.२८ प्रतिशतले स्वास्थ्य बिमा नगरेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग
धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।
तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने
तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर उद्योग, कलकारखाना स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । 
हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा उपकरण थन्किए
हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा उपकरण थन्किए हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल श्रोतका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण विशेषज्ञ चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् । 
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने सरकारी सेवामा कार्यरत कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजी अस्प्ताल, क्लिनिक तथा नर्सिङ होम तथा मेडिकल हलहरुमा नधाउन पुन निर्देशन दिएको छ ।
Weather Update