Swasthya Awaj
बझाङ जिल्लामा भालुको आक्रमणबाट २ जना घाइते

बझाङः सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा भालुको आक्रमणमा परी २ जना घाइते भएका छन् । थलारा गाउँपालिका–८ गण्डाउलीका मदनराज जोशी र उनकी १३ वर्षीय छोरी देउसरा जोशीलाई शनिबार बिहान भालुले आक्रमण गरेको प्रहरीले जानकारी दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घर नजिकै रुडो खोला भन्ने ठाउँमा रहेको गोठमा राखिएको मौरीको घार हेर्न गएका बेला भालुले आक्रमण गरेको हो । 

मदनराजको बायाँ काँधको हड्डी भाच्चिनुका साथै बायाँ हत्केला र खुट्टामा चोट लागेको र देउसराको टाउको, दाहिने खुट्टामा, बायाँ हातमा, पिठ्यूँमा र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले स्थानियलाई बनजंगलमा जाँदा एक्लै नजान समेत सुझाव दिएका छन । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update