Swasthya Awaj
धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग

जनकपुरधामः जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।

सर्वेक्षण विवरण अनुसार जनकपुरधाम उपमहानगरपालिकामा २ सय २, धनौजी गाउँपालिकामा ९, सहिद नगरपालिकामा १ सय १६, मुखियापट्टी गाउँपालिकामा १४, मिथिला विहारी नगरपालिकामा ३६, लक्ष्मीनिया गाउँपालिकामा ३९, नगराइन नगरपालिकामा १ सय ९५, कमला नगरपालिकामा ३४, हङ्सपुर नगरपालिकामा १ सय ९, विदेह नगरपालिकामा ५३, जनकनन्दनी गाउँपालिकामा ६९ तथा औरही गाउँपालिकामा ५५ जनामा हात्तीपाइले रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयकाले जानकारी दिएको छ ।

हात्तीपाइले रोगको रोकथाम तथा जनचेतना फैलाउने विषयमा जनस्वास्थ्य कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा हात्तीपाइले रोगका बिरामीको सङ्ख्या बढदै गएको बताईएको छ । सरकारको अभियान अन्र्तगत धनुषामा पनि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराइने छ ।

जनस्वास्थ्य कार्यालयले गत आर्थिक वर्षामा पनि औषधि खुवाउने अभियान सुरु गरेको थियो । ग्रामीण जनसङ्ख्याको तुलनामा सहरी क्षेत्रमा औषधि नखाने दर ३६ प्रतिशतले कम देखिएको छ। हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका बिरामीले सेवन गर्न नहुने बिज्ञहरुले बताएका छन । बिज्ञहरुले सबै लाई यो अभियानमा सहयोग गर्नु पर्ने र सरकारलाई पनि प्राथमिकतामा राखी औषधि खुवाउनु पर्ने बताएका छन 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update