Swasthya Awaj
बर्दिया जिल्लामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविको छैन स्वास्थ्य विमा

बर्दियाः बर्दिया जिल्लामा जम्मा ८ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् जसमध्ये २ सय ९९ जनाको मात्र स्वास्थ्य बिमा भएको छ । जम्मा महिला स्वास्थ्य स्वयंसेविकाको संख्यामा ६४.२८ प्रतिशतले स्वास्थ्य बिमा नगरेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकाको परिवारको स्वास्थ्य बिमा गर्दा ५० प्रतिशत छुट दिने गरेको छ । तर पनि स्वास्थ्य स्वयंसेविकाहरू बिमाको पहुँचमा भने छैनन् । स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक रुपेश आचार्यले स्वयंसेविकाले नेपाल सरकारले उपलब्ध गराएको परिचय पत्र सहित दर्ता सहयोगी मार्फत बिमा गर्दा छुट हुने बताउनुभयो ।

संघ, प्रदेश वा स्थानीय सरकारले स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउनुपर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको माग रहेको छ । नेपाल स्वास्थ्य क्षेत्रमा पहुँच पुर्‍याउन महत्त्वपूर्ण भूमिका सहित विशेष गरी नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर कम हुनुमा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ ।

बर्दियाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन जरुरी रहेको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update