Swasthya Awaj
धौलागिरी अस्पतालका मेसुलाई दुर्व्यवहार गरेको आरोपमा व्यवस्थापन समितिका सदस्य प्रहरीको नियन्त्रणमा

बाग्लुङः धौलागिरी अस्पतालका मेसु  डा. रवि रञ्जन प्रधानलाई अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठले हातपातको प्रयास गरेको आरोपमा व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


मेसु प्रधानले श्रेष्ठबाट आफूमाथि हातपात भएको भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले आइतबार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार आइतबार दिउँसो श्रेष्ठलाई सोधपुछका लागि प्रहरी कार्यालय झिकाइएको हो । कार्यकक्षमै रहेका बेला श्रेष्ठले गत बिहीबार दिउँसो आफूमाथि गालीगलौज र 
दुर्व्यवहार गरेको डा. प्रधानको आरोप छ । धम्की दिने र कुटपिटको प्रयास समेत भएको डा.प्रधानले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन् । 

डा.प्रधानले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका थिए ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update