Swasthya Awaj
सर्पदंशका बिरामीले भेरी अस्पतालमा शैय्या भरिभराउ, वैशाख यता १६ जनाको मृत्यु
सर्पदंशका बिरामीले भेरी अस्पतालमा शैय्या भरिभराउ, वैशाख यता १६ जनाको मृत्यु नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढेको छ। अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला सर्पले टोकेका बिरामीले भरिन थालेका छन् ।
अख्तियारको वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य मन्त्रालयमा गत आ.ब.  को अन्तिम सम्म ६०२ वटा उजुरी
अख्तियारको वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य मन्त्रालयमा गत आ.ब. को अन्तिम सम्म ६०२ वटा उजुरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १३४ उजुरीसमेत गरी स्वास्थ्य मन्त्रालयविरुद्ध सङ्ख्या ७३६ छन् ।
बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको हृदयघातबाट निधन
बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको हृदयघातबाट निधन भरतपुर अस्पतालका बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन भएको छ । ४४ वर्षीय डा.  केसीको आज विहान काठमाडौँमा निधन भएको हो । उनलाई पछिल्लो समय मुटु सम्वन्धी समस्या देखिएको थियो ।उपचारमा सम्लग्न चिकित्सकले डा. केसीको मृत्युको प्रमुख कारण मुटु सम्वन्धी समस्या नै भएको बताए । ‘पुरानो...
अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था
अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था नेपाल सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रत्येक वर्ष बाँड्दै आएको पहुँचवालाका संस्थाको करोडौं अनुदान यस वर्ष अधिकांशलाई रोक्यो । तर, दुई वटा संस्था महाशक्तिशाली संस्थाले भने स्वास्थ्य मन्त्रालयको प्रस्तावबिनै सिधैं रातो किताबमै अनुदान तोक्ने गरी चलखेल गरे ।
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति बंगलादेशमा मेडिकल पढिरहेका विद्यार्थीको आपत्तिः यस बिषयमा अविलम्व पहल नगरे आन्दोलीत हुने चेतावनी
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति बंगलादेशमा मेडिकल पढिरहेका विद्यार्थीको आपत्तिः यस बिषयमा अविलम्व पहल नगरे आन्दोलीत हुने चेतावनी शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति बंगलादेशमा मेडिकल पढिरहेका विद्यार्थीको आपत्ति जनाएका छन ।बंगलादेशको परराष्ट्र मन्त्रालयले त्यहाँको बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिललाई उद्घृत गर्दै पठाएको जवाफ नेपालमा शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ। यसप्रति उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
टीकापुरको एक मेडिकलमा सुई लगाए लगत्तै एक महिलाको मृत्यु
टीकापुरको एक मेडिकलमा सुई लगाए लगत्तै एक महिलाको मृत्यु कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं। १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।
आजदेखि बाँकेमा कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाइँदै
आजदेखि बाँकेमा कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाइँदै बाँकेमा आजदेखि असोज ४ गतेसम्म कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाउन कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताएका छन ।  
लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ
लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. श्रेष्ठलाई आज प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो ।
खाजा समय अवदेखी ३० मिनेट लागु गर्न स्वास्थ्यले गर्यो पत्राचार
खाजा समय अवदेखी ३० मिनेट लागु गर्न स्वास्थ्यले गर्यो पत्राचार सरकारले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा खाने समय घटाएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार सरकारी कार्यालयमा खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको हो। उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय र मातहतका निकायमा पत्र पठाइसकेको छ।
Weather Update