Swasthya Awaj
अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छः उपप्रधानमन्त्री यादव
अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छः उपप्रधानमन्त्री यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताए। शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक लीलाविक्रम थापाकाअनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको...
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधाको अवार्ड वितरण (सूची सहित)
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधाको अवार्ड वितरण (सूची सहित) स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा १० विदाको अवार्ड वितरण भएको छ । सम्मेलनको आज अन्तिम दिन समापन समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड वितरण गरेका हुन् ।
अप्रेसन गर्दा युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव
अप्रेसन गर्दा युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’ 
छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय
छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रायल र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी
मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ बस्ने एकै घरका ६ जनाले मरेको भेडाको मासु खाँदा बिरामी परेका छन् । जंगलमा विष हुने घाँस खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन् ।
जीर्ण भवनबाट उपचार सेवा
जीर्ण भवनबाट उपचार सेवा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो ।
Weather Update