Swasthya Awaj
छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा: गण्डकी प्रदेश सरकारले छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने निर्णय गरेको छ । यसअघि गण्डकीमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय थियो ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रायल र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न प्रदेश सरकारलाई अन्तरिम आदेश जारी गरेको छ । तर मन्त्रालय फुटाउने निर्णय भने मंगलबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेको चुमानले जानकारी दिए ।

यसअघि १२ वटा मन्त्रालय भएको गण्डकी प्रदेशमा खगराज अधिकारी पहिलो पटक मुख्य मन्त्री भएपछि २५ पुस २०७९ मा मन्त्रालय गाभेर ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update