Swasthya Awaj
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौः उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । नेपालमा पछिल्ला केहि बर्ष देखि ठूला ठूला अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ स्वास्थ्यको कारण देखाई अस्पताल जाने गरेका छन् ।

उनीहरु अस्पतालको सुविधा सम्पन्न क्याविनमा बसेर मुद्धा लड्ने र कतिपय त्यहिबाट केश नै ‘ढिसमिस’ बनाउन सक्रिय हुने गरेका छन् । मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्री लामिछानेले अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैस् उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने, अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्नेरनपर्ने सम्बन्धमा निर्णय गर्न निर्देशन दिनुभएको छ ।

अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ। प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो। काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update