Swasthya Awaj
नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक सफल पियर किड्नी एक्सचेन्ज सम्पन्न

काठमाडौँ, २०८२ साउन ५- नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक पियर किड्नी एक्सचेन्ज (Paired Kidney Exchange) प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।

यस प्रक्रियामा दुई परिवारका सदस्यहरूका बीच रक्तसमूह मेल नखाने कारण प्रत्यारोपण सम्भव नभएको अवस्थामा, एक परिवारका दाताले अर्को परिवारका प्राप्तकर्तालाई म्याच गरिएको मिर्गौला प्रदान गरेका छन्। यसरी, दुई परिवारका सदस्यहरूलाई जीवनदायिनी मिर्गौला प्राप्त भएको छ।

TB

नेपाल मेडिसिटी अस्पतालको नेफ्रोलोजी र किड्नी ट्रान्सप्लान्ट विभागले यो प्रक्रिया सम्पन्न गरेको हो। अस्पतालका अनुसार, पियर किड्नी एक्सचेन्जले गुर्दा प्रत्यारोपणका लागि दाताको अभावलाई कम गर्न मद्दत पुर्याउनेछ र थप बिरामीलाई उपचारको अवसर प्रदान गर्नेछ।

नेपालमा किड्नी प्रत्यारोपण २०६५ सालदेखि सुरु भएको हो र हालसम्म १५०० भन्दा बढी किड्नी प्रत्यारोपणहरू सम्पन्न भइसकेका छन्। पियर किड्नी एक्सचेन्ज जस्ता आधुनिक प्रक्रियाले प्रत्यारोपण सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।

नेपाल मेडिसिटी अस्पतालले भविष्यमा पनि यस्ता प्रक्रियाहरूलाई निरन्तरता दिने र किड्नी रोगका बिरामीहरूको उपचारमा नयाँ सम्भावनाहरू खोल्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update