Swasthya Awaj
बालबालिकाको स्वास्थ्य सुदृढीकरणका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु, पहिलो चरणमा २१ केन्द्रमा सेवा उपलब्ध

काठमाडौँ, २०८२ भदौ २- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित “स्वर्णबिन्दु प्राशन कार्यक्रम” औपचारिक रूपमा सुरु गरेको छ।

आयुर्वेद ग्रन्थ *काश्यप संहिता* मा वर्णन भएको विधिअनुसार सानो मात्रामा स्वर्ण भस्मलाई घ्यू र महमा मिसाएर बालबालिकालाई खुवाइने यस प्रक्रियालाई स्वर्णबिन्दु प्राशन भनिन्छ। आयुर्वेदिक सिद्धान्तअनुसार यसले मानसिक विकास, स्मरणशक्ति, पाचनशक्ति र प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास गरिन्छ।

TB

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ भदौ १ गते स्वीकृत निर्देशिकाले यो कार्यक्रमलाई सुरक्षित र वैज्ञानिक ढंगले सञ्चालन गर्ने व्यवस्था गरेको छ। सुरुमा यो सेवा नेपालभरका २१ आयुर्वेद स्वास्थ्य संस्था, अस्पताल र शिक्षण अस्पतालमार्फत प्रदान गरिने भएको छ।

स्वर्णबिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन मात्र दिइनेछ। सेवा लिन आउने बालबालिकाको उमेर ६ महिना देखि ५ वर्षसम्मको हुनुपर्नेछ। तर ज्वरो, पखाला, रुघाखोकी वा अन्य स्वास्थ्य समस्या देखिएका बालबालिकालाई भने उक्त दिन सहभागी गराइने छैन।

मन्त्रालयका अनुसार यो कार्यक्रम मातृशिशु स्वास्थ्य प्रवर्द्धनसँग जोडिएको विशेष पहल हो। यसलाई क्रमिक रूपमा विस्तार गरी आगामी वर्षदेखि सबै स्थानीय तहका आयुर्वेद स्वास्थ्य केन्द्रमा पुर्‍याउने योजना बनाइएको छ।

पहिलो चरणमा कार्यक्रम सञ्चालन हुने प्रमुख केन्द्रहरू:

  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ
  • त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर
  • आयुर्वेद चिकित्सालय नरदेवी
  • राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ
  • प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश
  • प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश
  • प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश
  • प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश
  • प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही,  मधेश प्रदेश
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, वागमति प्रदेश
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, वागमति प्रदेश
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, वागमति प्रदेश
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन वागमति प्रदेश
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, वागमति प्रदेश
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर,  वागमति प्रदेश
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरंग, कोशी प्रदेश 
  • गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश 
  • धौलागिरि आयुर्वेद अस्पताल, बागलुंग, गण्डकी प्रदेश
  • प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश
  • लुम्बिनि आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश 
  • राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश
  • बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्, गुलरिया, लुम्बिनी प्रदेश
  • प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत , कर्णाली प्रदेश 
  • आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश
  • आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update