Swasthya Awaj
स्वास्थ्य बीमा नविकरण समयमै गर्न बीमा बोर्डको अनुरोध, म्यादभित्र गरे छुट सुविधा

काठमाडौँ, २०८२ श्रावण ५- स्वास्थ्य बीमा बोर्डले नागरिकहरूलाई आफ्नो स्वास्थ्य बीमालेख समयमै नविकरण गर्न आग्रह गरेको छ। बोर्डले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै “स्वास्थ्य बीमा कार्यक्रम आबद्ध नागरिकको बीमालेख नविकरण गर्ने कार्यविधि, २०८२” अनुसार तोकिएको समयसीमाभित्र नविकरण गर्नुपर्ने उल्लेख गरेको हो।

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “कार्यविधि स्वीकृत भई लागूमा आएकोले यो सूचना प्रकाशन गरिएको हो। म्यादभित्र नविकरण गरेमा सह-भुक्तानीमा छुट सुविधा पाइने जानकारी गराइन्छ।”

TB

स्वास्थ्य बीमा कार्यक्रमले सेवा लिने नागरिकहरूको सक्रिय सहभागिता र समयमै नविकरण अत्यन्त जरुरी हुने जनाउँदै बोर्डले यो प्रक्रिया नियमित रूपमा पालना गर्न सबैमा अनुरोध गरेको छ।

नविकरण नगरेका नागरिकले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिन कठिनाइ हुन सक्ने र छुट सुविधा पनि गुम्ने भएकाले बोर्डले सचेत रहन आह्वान गरेको छ।
बीमा बोर्डले आगामी दिनमा नविकरण प्रणालीलाई अझ सहज र पहुँचयोग्य बनाउने तयारी पनि गरिरहेको जनाएको छ।

यस्तो छ कार्यविधि 

प्रकाशित मिति: सोमबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update