Swasthya Awaj
आज विश्व जनसङ्ख्या दिवस : दिगो विकासका लागि युवालाई सशक्त बनाउने आव्हान

काठमाडौँ, असार २७- आज विश्वभरि विभिन्न कार्यक्रमका बीच विश्व जनसङ्ख्या दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको पहलमा स्थापना गरिएको यस दिवसले विश्व जनसङ्ख्याको वर्तमान स्थिति र भविष्यका चुनौतीलाई उजागर गर्ने उद्देश्य राख्दछ।

राष्ट्रसङ्घका तथ्यांकअनुसार, विश्व जनसङ्ख्या पुरानो कालदेखि एक अर्बसम्म पुग्न लाखौं वर्ष लागे पनि पछिल्लो दुई सय वर्षमा सात गुणाले तीव्र वृद्धि भएको छ। सन् २०११ मा सात अर्ब पुगेको जनसङ्ख्या २०२१ मा झन्डै आठ अर्ब ९० करोड पुगेको छ भने आगामी दशकहरूमा अझै बढ्ने अनुमान छ। सन् २०३० मा जनसंख्या ८ अर्ब ५० करोड, २०५० मा ९ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने सम्भावना छ।

TB

जनसङ्ख्या वृद्धिमा सामाजिक–आर्थिक, स्वास्थ्य र वातावरणीय परिवर्तनहरू निर्णायक भूमिका खेलिरहेका छन्। हालैको अध्ययनले देखाएको छ कि प्रजनन उमेरका युवायुवतीहरूले आर्थिक असुरक्षा, शिक्षा र स्वास्थ्य समस्या, रोजगारको कमी, जलवायु परिवर्तन, महामारी तथा युद्धका कारण बालसंख्या नियन्त्रणतर्फ झुकाव बढाएका छन्।

संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषले चौध देशका १४ हजार बढी जनतासँग गरेको सर्वेक्षणमा यी कारणलाई मुख्य चुनौतीको रूपमा चिन्हित गरेको छ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले युवालाई सशक्त बनाउनुपर्ने जोड दिएका छन्। उनले दिगो विकास र शान्तिपूर्ण विश्व निर्माणका लागि युवाहरूका अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए। “युवाले आफुले चाहेको परिवार सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नु यो वर्षको दिवसको मूल संदेश हो,” उनले भने।

यस दिवसले सबै तहका सरकार, संस्था र समुदायलाई जनसङ्ख्या वृद्धि र विकाससँग सम्बन्धित नीतिगत सुधारमा जोड दिन प्रेरित गर्दछ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update