Swasthya Awaj
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिए
TB

काठमाडौं, असार २६- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले २५ गते प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको कार्यक्रममा उपकुलपति अर्यालले शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो। यसअघि सिफारिस समितिबाट सिफारिस भएका उम्मेदवारहरू मध्येबाट डा. अर्याललाई उपकुलपति पदका लागि चयन गरिएको थियो।

यस नियुक्तिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थापनमा नयाँ दिशा र सुधारको अपेक्षा गरिएको छ। उपकुलपति अर्यालले विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि, अनुसन्धान प्रवर्द्धन र प्रशासनिक सुधारमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update