Swasthya Awaj
स्वास्थ्य बीमा रकम दोब्बर, अब बिरामीले पाउनेछन २ लाख रुपैयाँको सेवा

काठमाडौं, असार २५- स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई अब २ लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा रकम दोब्बर गर्ने निर्णय गरेसँगै नागरिकलाई केही राहत हुने विश्वास गरिएको छ।

नयाँ व्यवस्थाअनुसार बीमा योजनामा नाम दर्ता गराएका व्यक्तिहरूले ८ प्रकारका गम्भीर रोगहरूमा उपचार खर्च वापत अधिकतम २ लाख रुपैयाँसम्म दाबी गर्न सक्नेछन्। मन्त्रालयका अनुसार यो व्यवस्था तत्काल लागू हुनेछ।

TB

स्वास्थ्य मन्त्रालयले दीर्घकालीन रूपमा बीमा रकमलाई पाँच लाख रुपैयाँसम्म पुर्‍याउने तयारी पनि अघि सारेको छ। यसका लागि कार्यदलको प्रतिवेदन तयार भइसकेको जनाइएको छ।

बीमा रकममा भएको वृद्धिसँगै सेवा विस्तार र सुधारको आवश्यकता औंल्याइएको छ। सरकारी तथा निजी अस्पतालहरूसँग समन्वय गरी बिरामीलाई समयमै सेवा दिनुपर्ने माग उठेको छ।

यसअघि स्वास्थ्य बीमाबाट अधिकतम १ लाख रुपैयाँसम्मको उपचार खर्च मात्र उपलब्ध थियो। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि गम्भीर बिरामीहरूको उपचारमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update